अज्ञात गाडीको ठक्करबाट एक जनाको मृत्यु
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१ स्थित टेम्पो पार्क नजिक अज्ञात गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान करिब ५ बजे दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जंगबहादुर बुढा गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार मदिरा सेवन गरी सडकमा सुतिरहेको अवस्थामा उनलाई गाडीले ठक्कर दिएको प्रारम्भिक जानकारी छ। घाइते बुढालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
ठक्कर दिने गाडीको हालसम्म पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान तथा सिसिटिभी फुटेज जाँच भइरहेको प्रहरीले जानकारी दिएको छ।
