भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो, सबै यात्रु सकुशल
काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९०१ नम्बरको विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर ग्रास एरियामा पुगेको छ। अवतरणपछि ओभर रन हुँदा विमान रन–वे बाहिर पुगेको प्रारम्भिक जानकारी विमानस्थल स्रोतले जनाएको छ।
विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेका छन्। घटनापछि यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने कुनै मानवीय क्षति नभएको बताइएको छ।
घटनाको कारणबारे प्राविधिक तथा प्राविधिक जाँच सुरु गरिएको छ। यस घटनाका कारण भद्रपुर विमानस्थलमा केही समय उडान–अवतरण प्रभावित भएको जनाइएको छ। विस्तृत विवरण आउन बाँकी छ।
