येरिचोकमा मोटरसाइकल दुर्घटना, चालक घाइते
सुर्खेत । येरिचोक क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्। दुर्घटनामा परेका चालकको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ।
हालसम्म चालकको पहिचान खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
