Skip to main content

एमसीसी जस्ताको त्यस्तै पारित हुन्छः प्रधानमन्त्री

 प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् । …

विपद् दुर्घटना बिमाबाट मृतकका परिवारलाई दुई लाख उपलब्ध गराइने

सुर्खेत, । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुर्घटना बिमाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले दुर्घटना बिमाबाट तत्तकाल दुई लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो …

जुम्लामा शताब्दीकै ठूलो भेलबाढी

जुम्ला तिला गाउँपालिका ४ रावतबाडाकी ७८ वर्षीया चन्द्रकला योगीले अहिलेसम्म भेरीखोला नदिमा यति ठुलो भेलबाढी आएको देखिनन्। स–साना खहरले खोलामा बाढी आउदा सामान्य क्षति पुगेको पटक पटक देखिन्। सामान्यरुपमा खेतियोग्य जमिन बाढीले बगाएको, धान पुरेको देखेको थिएँ, उनले भनिन्,‘अहिलेसम्म यत्रो …

सुर्खेत विमानस्थलमा देउवाको आधाघण्टा : बाढीपहिरो र जलवायु परिवर्तनबारे यसो भने


सुर्खेत । गत आइतबारदेखिको निरन्तर बर्षाका कारण विभिन्न ठाउँमा मानविय क्षती हुनका साथै खाद्यान्न बालीमा समेत क्षती पुगेकोछ ।


कर्णाली लगायत देशैभरी बर्षाले जनजिवन प्रभावित पा¥यो भने थुप्रै बस्तीहरुसमेत प्रभावित बने ।

यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा निरीक्षणका निस्किएका …

खानेपानी आयोजना निर्माणको तयारी

बर्सेनि खानेपानीको समस्या भोग्दै आएको भेरी नगरपालिका–१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट रु ३० करोड लागतमा खानेपानी आयोजना निर्माणका लागि कामको थालनीसँगै यो आर्थिक वर्षबाट खानेपानीको समस्या समाधान हुने आशा पलाएको …

नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन्।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो …

कर्णालीमा बाढी पहिरोमा परी ८ जनाको मृत्यु, ३ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

१३८ पशु चौपायामा क्षति

आइतबारदेखिको निरन्तर वर्षाका कारण कर्णाली प्रदेशमा जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति समेत हुन पुगेको छ । बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने धानबाली, पशु चौपायामा समेत क्षति भएको हो । चार …

कर्णाली नदीमा माछा मार्न गएका तीन जनाकाे दुई दिनपछि सकुशल उद्धार

कैलालीमा माछा मार्न गएका तीन जना दुई दिनपछि सकुशल भेटिएका छन्  । १ कात्तिक दिउँसो ४ बजे माछा मार्न कर्णाली नदीमा गएका उनीहरू सम्पर्कविहीन भएका थिए ।

लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका ६१ वर्षीय खड्कबहादुर घर्ती मगर, ३५ वर्षीय बिक्रम घर्ती मगर र २६ वर्षका खड्क डाला मगर …

हुम्लाको नाम्खा क्षेत्र सम्पर्कविहीन

हुम्लाको नाम्खा गाउँपालिकाकाका अधिकांश स्थान सम्पर्कविहीन भएका छन्। हिमपातका कारण हिल्सा, मुचु, लिमी क्षेत्र सम्पर्कविहीन भएको छ जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

हिमपातका कारण चीन सरकारले दिएको राहत सामग्री बुझ्न हिल्सा नाका पुगेका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलगायतको …

पहिरोले घर पुरिँदा हुम्लामा ६ जनाको मृत्यु

हुम्लामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ।

गए राति ९ बजेतिर खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरेको हो।

पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित परिवारका ६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता …