विपद् व्यवस्थापनमा युवाहरुको चासो बढ्दै
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा न. २ मा वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना अनुमोदन भएको छ ।
आज विहिवार एक औपचारिक कार्यक्रममा वडा अध्यक्ष,वडा पदाधिकारी, वडा विपद व्यवस्थापन समितिका पदाधिकारी, वडा स्थित विभिन्न राजनिती दल, शिक्षक, कर्मचारी, बुद्धिजीवी लगायत वडाका विभिन्न व्यक्तिहरुको उपस्थितिमा तथा युवा र युवा क्लबका सदस्यहरुको सक्रिय सहभागीतामा वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना अनुमोदन गरिएको हो ।
प्रयास परियोजना अन्तर्गत साझेदार संस्था फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल ( एफएससिएन )ले भेरीगंगा नगरपालिकाकाको वडा नं. २ को वडा कार्यलयमा यो कार्यक्रम गरेको थियो ।

भेरीगंगा नगरपालिकाको यस वडामा विपदको अबस्था पहिचान गरि विपद मैत्री वडा बनाउन र स्थानीय तह युवा लगायतका सबैलाई यहाँको विपदका बारेमा जानकारी दिई विपद पुर्ब, विपद पश्चात् र विपदको बेला गरिने प्रतिकार्यका लागि तयार रहनका लागि महत्वपूर्ण भुमिका खेल्ने वडा विपद व्यवस्थापन तथा जलबायु उत्थानशील योजना बनाएको र यसले भेरीगंगा नगरपालिकाकाको वडा नं. २ लाई विपद मैत्री वडा बनाउन, विपद व्यवस्थापन गर्न वडाका सम्भावना समस्या तथा क्षमतालाई वडा बासी सबै र युवाहरुसङ्गको प्रत्यक्ष छलफलबाट पहिचान गरि जलवायु परिवर्तनको प्रभाव कत्तिको छ ?
यस वडालाई विपद मैत्री वडा बनाउन कस्ता कस्ता विषयमा काम गर्न आबश्यक छ, यसका लागि वडामा के कस्ता योजना बनाउन सकिन्छ । वडाका दीर्घकालीन योजना नीति नियम के हुन सक्छन ? यहाँ युवा र सबैले के गर्न सकिन्छ भन्ने सम्भावना समेटेर तयार पारिएको यस योजनालाई वडाबाट अनुमोदन भैइसकेको र अब यसलाई पुस्तक बनाउनको लागि अगाडि बढ्ने प्रयास परियोजनाका लागि फ्रेन्ड सर्भिस काउन्सिल नेपालका वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माण परामर्शदाता हिम्मत बिष्टले जानकारी दिनुभयो । यस्तै उहाँले यस योजाना निर्माणमा वडा विपद व्यवस्थापन समिती र युवाहरुको सक्रिय सहभागीता रहेकोमा पनि जोड दिनुभयो ।

औपचारिक कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकाकाको वडा नं. २ का वडा अध्यक्ष “प्रयास परियोजनाले आफ्नो वडालाई विपद मैत्री बनाउन तथा यहाँका नागरिकलाई जलवायु परिवर्तन लगायत विभिन्न कारणले निम्तने विपदबाट सुरक्षित राख्न गरेको यो प्रयास प्रसंशनिय भएको भन्दै प्रयास परियोजनालाई धन्यबाद साथै आफू यसका लागि सधै सकारात्मक भएर लागि परेको छु ।” यस्तैमा उहाँले वडाबाट हुनसक्ने र आफुले गर्नसक्ने काम गर्न सधै तयार भएको पनि बताउनुभयो ।

प्रयास परियोजनाका लागि फेन्ड्स सभिस काउन्सिल नेपाल ( एफएससिएन ) परियोजना संयोजक अभिषेक ओझाले सहजिकरण गर्नुभएको यस कार्यक्रमलाई
युरोपियन युनियनको आर्थिक सहयोगमा भोलेन्टरी सर्भिज ओभर्सिज ( भिएसओ ), नेपाल युवा संस्था सन्जाल ( आयोन ), फेन्ड्स सभिस काउन्सिल नेपाल ( एफएससिएन ) र सामुदायिक रेडियो प्रसारक संघ ( अकोराब ) को सहकार्यमा संचालित प्रयास परियोजना र वडाको सहकार्यमा गरिएको हो ।

