जलवायु परिवर्तन सिकाई केन्द्रका लागि जनप्रतिनिधि र युवाबिच छलफल

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा न. २ मा जलवायु परिवर्तन सिकाई केन्द्र स्थापना अन्तर्गत वडा प्रतिनिधि र युवाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज बिहिवार औपचारिक कार्यक्रम गर्दै भेरिगङ्गा २ का वडा प्रतिनिधि र वडामा रहेका विभिन्न युबा क्लवबाट उपस्थित युवाहरुबिच जलवायु परिवर्तन सिकाई केन्द्रका बारेमा छलफल भएको हो ।
प्रयास परियोजना अन्तर्गत साझेदार संस्था भोलेन्टरी सर्भिज ओभर्सिज ( भिएसओ )ले भेरीगंगा नगरपालिकाकाको वडा नं. २ को वडा कार्यलयमा यो कार्यक्रम गरेको थियो । यो कार्यक्रममा प्रयास परियोजना र वडा कार्यलयको सहकार्यमा बनाईएको जलवायु परिवर्तन सिकाई केन्द्र संचालन तथा व्यवस्थापन लगायतका बिषयमा छलफल भएको थियो ।
जलवायु परिवर्तन सिकाई केन्द्रले स्थानिय स्तरमा जलवायु परिवर्तनले पारेको प्रभाब यसलाई न्यूनीकरण गर्ने सवालमा यस सिकाई केन्द्रमा छलफल तथा विभिन्न पुस्तक, सन्दर्भ सामाग्री जलवायु परिवर्तन सिकाई केन्द्रमा गएर पढ्न सकिन्छ । यस्तै वडामा रहेका विपदबारे जानकारी लिन यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्नेबारे यस सिकाई केन्द्रबाट सिक्न सकिन्छ ।
हामी स्थानिय सरकारसँग नजिक छौ त्यसैल स्थानिय वडामा विभिन्न काम गर्न जादा हामी केही समय पर्खनुपर्न हुन्छ यस्तो समयको सदुपयोग गरि वडामा भएको यस सिकाई केन्द्रमा गएर खेर जाने समयको सदुपयोग गर्दै अमुल्य ज्ञान प्राप्त गर्न सकिन्छ ।
यस कार्यक्रममा यसै बिषयमा युवा र जनप्रतिनिधि बिच छलफल भएको थियो ।
यो कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा भोलेन्टरी सर्भिज ओभर्सिज ( भिएसओ ), नेपाल युवा संस्था सन्जाल ( आयोन ), फेन्ड्स सभिस काउन्सिल नेपाल ( एफएससिएन ) र सामुदायिक रेडियो प्रसारक संघ ( अकोराब ) को सहकार्यमा संचालित प्रयास परियोजना र वडाको सहकार्यमा गरिएको हो ।