निति कार्यान्वयन नहुँदा प्राकृतिक स्रोत साधनको दोहन बढ्दो
दैलेख । स्थानीय सरकारले नीति कार्यान्वयन नगर्दा प्राकृतिक स्रोत साधनको दोहन बढदै गएको छ । स्थानीय सरकारको वेवास्ता कारण प्राकृति स्रोत साधन दोहन बढदै गएको हो ।वातावरणीय प्रभाव मुल्यांकन नगरेर स्थानीय सरकारले आफु खुशी प्राकृति स्रोत साधनको उत्खनन गर्दा प्राकृतिक उपहार खोला नाला खोला जस्ता छैन । अवैध गिट्टी बालुवा उत्खननले एकातिर वातावरणमा असर गरेको छ भने अर्कोतिर नदी खोलामा बस्ने जीवजन्तुको बासस्थान मासिदै गएको छ । अवैध उत्खनन् जलचर संकटमा पर्दै गएका छन् । सम्पदा पुल नजिक बालुवा उत्खनन गर्न बन्देज भएपछि जिल्लाका खोला पुल र धार्मिक एवं पर्यटकीय स्थलमा अवैध रुपमा क्रसर सञ्चालन र गिट्टी बालुवा उत्खनन मध्यपहाडी राजमार्गका पुल जीर्ण बन्दै गएका छन् ।
जिल्लाका लोहोरखोला,छामखोला,पादुकाखोला,कर्णाली नदीको आसपासमा मापदण्डविपरित क्रसर उद्योग सञ्चालन हुनुका साथै वालुवा गिट्टी उत्खनन् वातावरण प्रदुषण गर्नुका साथै छेउछाउका बस्ती जोखिममा पर्दै गएका छन् । जिल्लाको लोहोरेखोला,छामघाटखोलामा दिनानुदिन बिचखोलाबाट बालुवा निकाल्ने काम भईरहँदा निति कार्यान्वयन गर्ने स्थानीय सरकार,जिल्ला प्रहरी कार्यालय,प्रशासन,जिल्ला समन्वय समिति रमिते जस्तै छन् । निर्माण गरिएका विकासका संरचना बालुवा उत्खनन गर्दा जोखिम बढेको देखिएपनि सम्बन्धित निकायले चासो नदिनुले जिल्लादेखी स्थानीय सरकार सम्मको मिलेमत्तो हुन सक्ने जानकारहरु बताउँछन् ।
प्राकृतिक स्रोत साधनको दोहन हुँदा समेत कानमा तेल हालेर बस्नुले जनप्रतिनिधीदेखी निति कार्यान्वयनका प्रमुखको आचरणमै शंका जगाएको छ,स्थानीयबासी बताउँछन् । जिल्लाका ३ वटा स्थानीय सरकारले जलचर संरक्षण ऐन ल्याएपनि कार्यान्वयन प्रक्रिया नजाँदा झनै जलचर संकटमा परेको ठाटीकाँध गाउँपालिका–१ का दिपेन्द्र विकले बताए । जलचर संरक्षण ऐन खोलामा माछा मार्ने मान्छेका लागि मात्र ल्याएजस्तो भयो । जनप्रतिनिधीले ईआईए नगरेर आफुखुशी गिट्टी बालुवा उत्खनन गर्नु दिनुले आर्थिक चलखेल हुनसक्छ,उनले आरोप लगाए ।
मध्यपहाडी राजमार्गको लोहोरखोला,छामघाट खोला,रामाघाटखोला,चिनेजिउला खोला र कर्णाली राजमार्गको तल्लोडुगेश्वर,रामघाटखोला,कर्णाली नदीको किनारबाट गिट्टी र बालुवा उत्खननले राजमार्गका पुल जोखिममा पर्नुका साथै नदी किनाराका बस्ती समेत जोखिम परेका छन् । पुल मुनिबाट बालुवा उत्खनन् गर्नाले नदी भिरालो भई पुल जोखिममा पर्दै गएका छन् । ऐन अनुसार भौतिक संरचना,धार्मिक एवं सम्पदा भएका वरपर उत्खननलाई बन्देज लगाएपनि वेवास्ता गर्दै अधिकाँश क्रसर उद्योगले जथाभावी उत्खनन गरेका छन् । जिल्लाभरि खोलाबाट बालुवा गिट्टी उत्खननको लागि झण्डै ३० डोजर खोला खनिरहेका छन् ।
नागरिक चासो बढदै
प्राकृतिक स्रोत साधनको दोहन बढदै गएपछि नागरिक चासो बढदै गएको छ । पछिल्लो समय जिल्लामा प्राकृति स्रोत साधनको दोहन बढदै गएपछि रोकथामको लागि नागरिक चासो बढेको हो । जिल्ला स्थित नागरिक समाज,वकिल पत्रकार गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधीले ३ दिनको छलफलपछि ११ बुँदे माग राख्दै आईतबार जिल्ला प्रशासन कार्यालय दैलेखमा ध्यान आर्कषण पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई बुझाएको ध्यानआर्कषण पत्रमा प्राकृति स्रोतसाधनको दोहन रोकिनुपर्ने,सरकारी कार्यालयका मोटरसाईकलमा रातो प्लेट प्रयोग व्याक्तिगत प्रयोजनमा प्रयोग भईरहेको तत्काल सेतो प्लेट राख्न लगाउनुपर्ने,जिल्लामा टोलफ्रि नम्बरको व्यवस्था हुनुपर्ने,काम बाहेक सरकारी साधनको दुरुपयोग बढदै गएकोले रोकथाम गरिनुपर्ने,बालबालिका र महिलाहिंसाका मुद्दाहरु होस्टाईल हुन नदिन सेल्टर व्यवस्था हुनुपर्ने,कोभिड १९ खर्च विवरण सार्वजनिक गर्नुपर्ने,विकासमा अपनत्वको भावना पैदा गनुपर्ने,भ्रष्टाचार सम्बन्धि आएका समाचारलाई हेरेर कानुनी प्रक्रिया अगाडी बढाउनुपर्ने,बजारमा जथाभावी सडकमा फालिएका निर्माण सडक कुरुष भएकोले हटाई सुन्दर शहर बनोस,भन्ने माग राख्दै ध्यानआर्कषण पत्र बुझाइएको हो ।

जिल्लामा सरकारी सवारी साधनको दुरुपयोग,प्राकृति स्रोत साधनको दोहन र पारदर्शिता सुशासन जवाफदेहिता बनाउन सुन्दर नेपाल संस्था सचेतना कार्यक्रम साथै स्थानीय सरकारलाई सहयोग गर्दै आएको छ । पहरेदारी,खबरदारी र साझेदारी भुमिका काम गर्दै आएको संस्थाले सामाजिक विकास मुल्य मान्यता जोड दिन थालेको छ । हामीले जनतालाई अधिकार लागि मात्र जनचेतना जगाउँदैनौं सँगै कर्तब्यको बोध पनि गराउँछौं । हाम्रो चाहाना दिगो विकासमा टेवा पुगोस,सुशासन पादर्शिता बनोस,नागरिकप्रति सरकारी उत्तरदायि वनोस भन्नका लागि गोष्ठी सेमिनार गर्न थालेका हौं सुन्दर नेपाल संस्था संयोजक यज्ञराज थापाले बताए । ध्यानआर्कषण पत्र बझुदै प्रमुख जिल्ला अधिकारी सुनारले अक्षरशः सबैले सहयोगी,सहयात्री समन्वयकारीको भुमिका खेल्नुपर्ने बताए । उनले भने, तपाईहरुले मागपत्रमा जनसरोकारका बुँदा समेटिएका छन । मलाई मार्ग निर्देशन भएको छ,माग खदिलो छन् ,त्यसैले आगामी दिनमा यी माग पुरा भएका हुनेछन् । जिल्ला स्थित पत्रकार,वकिल गैरसरकारी संघ संस्थाका प्रतिनिधी सहितको टोलीले ध्यानआर्कषण पत्र बुझाएको थियो ।
