फेरि सर्यो कांग्रेसको १६ जिल्लाको अधिवेशन, फागुन १५ मा हुने
नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।
केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले फागुन १३ गतेका लागि तोकिएको अधिवेशन फागुन १५ मा गर्ने निर्णय गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
निर्वाचन समितिले यसअघि १६ जिल्लाको अधिवेशन माघ १५ मा गर्ने निर्णय गरे पनि २७ पुसका लागि सारेको थियो । तर, त्यतिबेला माघ १२ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै अधिवेशन स्थगित गरिएको थियो ।
मधेस प्रदेशका ८ जिल्ला र अन्य प्रदेशका जिल्लाको अधिवेशन हुन बाँकी छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।
हेर्नुस् विज्ञप्ति :

