सुर्खेत । कर्णालाी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले कर्णाली सरकारको मुल ढोकामा यहाँको जनताको आवश्यकता , आंकाक्षा पिडा र चुनौतीहरु रहेकोले यि सबै समस्याहरुलाई समाधान गरिने बताउनु भयो ।
मन्त्री शहीले कर्णाली प्रदेश सरकार विश्वभरी फैलि रहेको महामारीको रुपमा रहेको कोभिड–१९ को विरुद्धमा लड्नको लागि निरन्तर लगनशिल भएर लागि रहने प्रतिवद्धता गर्नु भएको छ । उहाँले सुक्रवार नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेसको आयोजनामा दुइ दिने पलानिङ वर्कसप कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको छ ।
उहाँले कोभिड –१९ ले स्वास्थ्य क्षेत्र तहसनहस पार्नुका साथै देशभर आर्थिक , समाजिक , भौतिक विकास , उद्योग धन्दा , ब्यापार ब्यवसायमा ठुलो असर गरेकोले यि सम्पुर्ण समस्याहरुको समाधानका लागि कर्णाली सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कोभिड –१९ को न्युनीकरण र प्रतिकार्यका लािग कर्णाली प्रदेस सरक्ँर लािग परेको दावी गर्नु भऐको छ ।
यसैगरी रेडक्रसले योजना तयारी गर्दा कोभिडले थलथल परेको क्षेत्रलाई विकास साझेदारी सहयोगीको रुपमा प्रभावकारी भुमिका रहनेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले नेपाल रेडक्रस हरेक विपदमा अग्रह स्थानमा रहने गरेकोले रेडक्रसलाई सहयोग गर्नको लागि कर्णाली सरकार तयार रहेको बताउँदै आयोजक प्रति धन्यवाद समेत दिनु भएको छ ।