घाईते गर्भवति महिलाको उद्दार
दैलेख । दैलेखको आठविस नगरपालिका १ कि घाइते गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ घास काटन जंगल गएको बेला लडेर घाईते भएकि २८वर्षीया विना बिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
शुक्रबार बिहान घाँस काट्ने क्रममा लडेर चोटपटक लागेको बिनाको अत्यधिक रक्तस्राव भएपछि शुक्रबार दिउसो करिब साढे ४तिर हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी सुर्खेत पठाएको हो ।
जिल्लामा गर्भवती महिला र बच्चाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बिनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको हो प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ।अकालमा ज्यान जानबाट बचाउन सरकारको दायित्व भएकोले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।’ हालसम्म दैलेखबाट मात्रै साउन देखि यता सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत ११ जनाको उद्धार भइसकेको छ।
