भुमिहिन वर्गलाई पछाडी छोडेर सम्मृद्धि आउँदैन : सभामुख
दैलेख । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले भुमिहिन बर्गलाई पछाडी छोडेर सम्मृद्धि नआउने बताए । मंगलबार दैलेखमा भुमिहिन सम्बन्धि समस्या समाधान आयोगको कार्यालय उद्घाटनमा बोल्दै सभामुख शाहीले यस्तो बताएका हुन् ।
समृद्ध नेपाल,सुखी नेपाली बनाउनको सरकारले ल्याएको नारालाई पुरा गर्न दल,सचेत नागरिक एकजुट भएर अगाडी लाग्नुपर्छ । जीवनयापन लागि अगाडी आउन नसकेको वर्गलाई अगाडी आएकाले हातेमाले गरेर लैजान सक्ने मात्र समृद्ध नेपाली,सुखी नेपाली भन्ने शब्दले अर्थ राख्छ । संविधानले भुमिहिन,घरवारविहिन कोही पनि नेपाली हुनु हुदैन भनेकोले नेपाल सरकारले भुमिहिन र घरवारविहिन लागि ७७ वटै जिल्लामा भुमिसम्बन्धि समस्या समाधान आयोग बनाएको सभामुख शाही बताए । उनले भने, मलाई विश्वास छ । यो आयोगले संवैधानिक दायित्व पुरा गर्ने छ ।

प्रदेश सभामुख शाहीले थपे,शासन सत्ताका स्रोत नै जनता भए पनि कुनै काम पुरा गर्न राजनिति दलको सल्लाह लिन जरुरी भएको बताए । यहाँको जिल्लामा भुमिहिन सँगै गुठीको समस्या छ । समाधानका लागि तीवटै तहको उत्तिकै जिम्मेवारी छ,। भुुमिहिन नागरिकलाई भुमिदिएर जीवन जीउन आधार बनाउनु मन सँग जोडिएको कुरा भएकोले हुनाले जिल्ला स्थित सबै दल सरकारी एवं गैरसरकारी संघ संस्थालाई तटस्थता,पारदर्शिता र निर्देस्टता लाग्नुपर्ने बताए । मन जोडिएमा राजनिति स्वार्थको रंग आउनु हुदैन । जिम्मेवारी पाएका जतिकै अन्य मान्छेको पनि जिम्मेवारी भएकोले भुमिहिन समस्या समाधान गर्न कुनै पनि राजनिति स्वार्थको रंग आउनु हुदैन, उनले थपे ।
त्यसैगरि सोही कार्याक्रम बोल्दै निवर्तमान प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले माधव प्रचण्ड समुहलाई लक्षित गर्दै भने, सडकबाट हल्ला गर्ने वित्तिकै जनमत कदर हुदैन । जनमतको सम्मानका लागि जनतालाई घात नगरेर हातेमालो गरेर अगाडी बढौं । जनता नै सर्वोपरि हुन भन्ने कुरामा विश्वास गरौं । अर्काको प्याला भएर जनमतलाई कदर गर्न नसक्नु नै लोकतन्त्रको उपहास हो, । पार्टी भित्रको आन्तरिक किचलोले गर्दा भुमि सम्बन्धि समस्या समाधान आयोग ढिलो गठन भएको हो उनले थपे ।
नेपाली काँग्रेस पार्टी सभापति कृष्णकुमार विसीले आयोगका पदाधिकारीलाई कार्यकाल शुभकामना दिदै, पार्टी राजनिति माथि उठेर काम गर्नका लागि दाहाल र नेपाल समुहलाई आग्रह गरे । तपाई र हामी बिचार आस्था फरक होला । हामीहरुको समस्या एउटै हुन । जिल्लाकै समस्या समाधान गर्न एकजुट नभई लक्ष्य हासिल हुदैन । जिल्लाका हकहितका लागि चालिएका कदमलाई जोसुकै सहयोग गर्नुपर्छ । नेपालको एकमात्र भ्रमणशिल राउटे समुदाय दैलेखको गुराँसे गाउँपालिका स्थायी बसोबास गर्ने र पालिकाकाले परिचय पत्र दिईसकेको हुनाले त्यो समुदायलाई सामाजिकीकरण गर्न यो आयोगले कदम अगाडी चाल्नुपर्छ । सम्पदा र कर्णालीका गहनालाई बेलै बचाउन नसकेपछि सम्पदा नै लोप हुन खतरा बढेको छ,सभापति विसीले अनुरोध गरे । कार्यक्रम समापन गर्दै भुमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष सुर्यबहादुर शाहीले भुमिहिन समस्या समाधानको लागि सबै दलहरुसँग सरसल्लाह गरेर जाने,आवश्यक सहयोगको लागि अनुरोध गरे । उनले भने,भुमिहिन समस्याले सबैको साझा समस्या तीनवटै सरकारले सहयोग गर्ने आशावादी छ । मलाई विश्वास छ । जिल्ला स्थित अन्य राजनिति दल समेत सहयोग रहने,अध्यक्ष शाहीले भने ।

