प्रचण्ड र चिनियाँ राजदूत यान्छी बीच भेट
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटबार्ता भएको छ । उनीहरुबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे झन्डै दुई घन्टा लामो छलफल भएको थियो ।
