सुर्खेतमा माेटरसाईकल दुर्घटना १ जनाको मृत्यु ।
सुर्खेत । माेटरसाईकल दुर्घटनामा परि सुर्खेतमा २७ बर्षिय कृष्णबहादुर बिककाे मृत्यु भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि एकको मृत्यु भएको हो । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ का २७ वर्षीय कृष्णबहादुर विक रहेका छन् ।
प्रहरी चौकी रामघाट सुर्खेतका अनुसार बुधबार बिहान ६ः४५ बजेको समयमा भेरीगंगा नगरपालिका–११ पातलेखोलामा मोटरसाईकल दुर्घटनामा परेको हो ।
