धर्म र संस्कृती बचाउन सबै एकजुट हुनुपर्छ ; मन्त्री शाही
सुर्खेत । कार्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले आफ्नो धर्म र संस्कृतिको सदैव अखण्ड रुपमा जिवित राख्नु मानव जातीको महत्वपुर्ण जिम्मेवारी रहेको बताउनु भएको छ । सोमबार हमिालयन सिद्ध महायोग शाखा सुर्खेतको आयोजनमा गणेश मन्दिरमा भएको महायोग सादना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
मन्त्री शाहीले महायोग सादना कार्यक्रममा आउनु भएका भएका जगत गुरु महायोगी सिद्धबाबालाई कर्णाली प्रदेश सरकारको तर्फबाट स्वागत गर्नु भएको थियो कार्यक्रममा मन्त्री शाहीले अत्यन्तै हर्षउल्हासका साथ विश्व मानव जीवनमा शुख, शान्ती ,मोक्ष प्राप्त गर्नको लागि यस्ता महायोग साधना कार्यक्रले टेवा पुर्याउने बताउनु भएको छ ।
मन्त्री शाहीले कार्यक्रममा अब्बल मनका साथ अत्यन्तै पवित्र शब्द ज्ञान प्रप्त गर्नुनै मानव जीवनमा अत्यन्तै ठुलो उपलब्धि हुने बताउनु भयो । मन्त्री शाहीले भन्नु भयो ′ धर्म भनेको अमृतम शुद्ध भव , भानु ससिगुन्द सुर्यश्वर हौसधा , जगत सेतु सत्य धर्म पराकर्म हो । मन्त्री शाहीले आफु कार्यक्रमा सहभागी हुन पाउँदा हर्ष मत्र नभई मोक्ष पाएको घडी सम्झनु भएको छ ।
सबै धर्महरुको संविधानले उल्लेख गरे अनुसार धर्म र संस्कृतीको को संरक्षण गर्नु सरकारको दायित्व भएकोले यसमा कर्णाली प्रदेश सरकार कटिवद्ध रहेको मन्त्री शाहीले बताउनु भयो ।


