दुल्लू परियोजनाद्धारा ५ सय झोला वितरण
दैलेख । दैलेखको दुल्लू नगरपालिका चार वटा सामुदायिक विद्यालयमा झोला वितरण गरिएको छ । शैक्षिकस्तरमा सुधार ल्याउन र पढाईमा निरन्तरता होस भन्नका लागि ५ सय थान झोला वितरण गरिएको हो ।
परियोजनाले दुल्लू नगरपालिकाको वडानं १० गमौडीका ३ वटा र वडा नं. ५ को १ वटा विद्यालयका कक्षा १ देखि ४ कक्षाका विद्यार्थीलाई दुल्लु स्कुल परियोजनाकी प्रवन्धक निर्देशक जेनी केजरले विद्यालयमै प्रदान गरेकी हुन ।
जनकल्याण आधारभुतका १५८ जना,ईन्द्रज्वाला आधारतभुतका १७४ जना,विन्द्रासैनी आधारभुतका ७२ जना,र कृष्ण आधारभूत बिद्यालयका ७६ जना विद्यार्थीलाई झोला वितरण गरिएको परियोजनाका कार्यकारी कार्यकारी निर्देशक डा. मिन बहादुर शाहीले जानकारी दिए । उनले भने,विश्वव्यापी फैलिएको कोभिड १९ ले बालबालिकाको पढाईलाई प्रभावित बन्यो । बालबालिकाको शैक्षिक विकासमा निरन्तरता दिन र विद्यालयलाई पुरानो लयमा फर्काउन झोला वितरण गरेका हौं । जसले गर्दा बालबालिकालाई विद्यालय पढन जान हौसला मिल्ने छ ।


दुल्लू नगरपालिकाको शैक्षिक स्तर सुधारका लागि १६ वटा सामुदायिक बिद्यालयमा शिक्षा सरोकार केन्द्रको सामाजिक परिचालनमा सञ्चालित दुल्लु स्कूल परियोजना लागु गरिएको छ, उनले भने ।
विद्यालयमै नयाँ झोला पाउँदा विद्यार्थी औधी रमाएका
छन् । घरबाट पुरानो झोला बोकेर विद्यालय पुगेका विद्यार्थीले विद्यालयमा नयाँ झोला पाउँदा खुशी भएको जनकल्याण आधारभुत विद्यालयका छात्र विनोद रेग्मीले बताए । कोभिडमा घरका परिवारले काम गर्न पाएनन्,आम्दाी भएन । च्यातिएकै झोला बोकेर स्कुल आयाँको छियाँ । विद्यालयमा नयाँ झोला पाउँदा मलाई खुशी लागेको छ उनले भने ।
विनोद मात्र होइनन् चारवटा विद्यालयका ५ सय विद्यार्थी झोला पाउँदा औधी रमाएका छन् । परियोजनाले कक्षा कोठा व्यवस्थापन,विद्यालय सरसफाई बनाई दिएपछि कतिवेला स्कुल जाउँला भन्ने रहर लाग्ने गरेको सोही विद्यालयकी छात्र समिक्षा रिजालले बताईन । उनी भन्छिन, हाम्रा घर भन्दा त विद्यालय राम्रा छ । विद्यालयको सफा सुग्घर देखी आफुलाई स्कुलको विदा नहोस भन्ने लाग्छ ।
दुल्लू परियोजनाले स्थानीय सरकार सँग साझेदारी गरेर विद्यालयमा काम गर्दै आएको छ । हाम्रा विद्यालयलाई कसरी राम्रा बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ परियोजना सञ्चालन गरिएको हो । परियोजनाले भौतिक पूर्वाधारमा प्रवेशद्धार व्यवस्थापन, वालमैत्री बिद्यालय घेरवार,छात्रछात्रा मैत्री शौचालय,शुद्धपिउने पानीको सहजै उपलव्धता र बगैचा सहितको सफा परिसर निर्माण गर्ने गरेका छ ।
त्यस्तैगरि परियोजनाले कक्षा कोठामा दराजमा वालवालिकाहरुको सिकाई निरन्तरताको लागि पठन योग्य पुस्तक,सेतो पाटी,नोटबुक संगै शिक्षक,अविभावक र बिद्यार्थीहरुको क्षमता अभिबृद्धिको क्षेत्रमा काम गर्दै आएको छ । संगै वसाई व्यवस्थापन,शैक्षिक सामाग्रीको उपलव्धता र आवश्यक अनुदान तथा सहजिकरण गर्ने गरेको छ ।


सन २००६ देखी साविकको गमौडी गाविसमा सञ्चालित परियोजनाले शिक्षा क्षेत्रको पूर्वाधार संगै शैक्षिक अवस्था सुर्धान परियोजना सञ्चालन गरेको हो । सन् २०१७ देखि दुल्लु नगरपालिकाका १३ वटा सामुदायिक विद्यालयहरुमा परियोजना सञ्चालन गरेपनि ३ वटा विद्यालयमा कार्यक्रम लागु गर्ने तयारी गरिरहेको छ ।
