तीन घण्टामा ४५ हजार राजस्व संकलन
सुर्खेत । शुक्रवार सुर्खेत ट्राफिक कार्यालयले तीन घण्टामा ४५ हजार राजस्व संकलन गरेको छ । मापदण्डविपरित सञ्चालन भएका २८ वटा सवारी साधनलाई कार्वाही गर्दा सो राजस्व संकलन भएको हो ।
सुर्खेत दैेलेख सडकखण्डमा सञ्चालन हुदै आएका सम्पुर्ण साधनको अनुगमन चेकजाँचका क्रममा मापदण्ड विपरित सञ्चालनमा आएका २८ वटा सवारी साधनलाई कारवाही गर्दा ४५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
ट्राफिक कार्यालय र यातायात व्यवस्थापन कार्यालय सुर्खेतले शुक्रवार संयुक्त रुपमा चेकजाँच गरेका थिए । चेक जाँचमा यात्रु बाहेक सवारी साधनको भाडादर,कागजपत्र,सवारी साधनको अवस्था,सिट क्षमता बढी यात्रु राख्ने, मालवाह सवारी साधन प्रयोजन विपरित प्रयोग गरिएकालाई कार्वाही गरिएको थियो ।

नियमित चेकजाँचले सडक दुर्घटनामा कमी आउने ट्राफिक कार्यालयले जनाएको छ । यात्री ठगिनबाट जोगिनेछन् । क्षमता भन्दा बढी यात्रु बोक्ने काम हट्ने यात्री सुरक्षित रहने विश्वास लिएको छ । यात्रामा केही सास्ती भएपनि यात्रा सुरक्षित रहने भएकोले चेकजाँचलाई नियमित लागु गर्नुपर्ने यात्री बताउँछन् ।
