‘नमासम्, राखम् कर्णाली’
दैलेख । नदीलाई गिट्टी बालुवा उत्खनन् र विद्युत उत्पादन गर्न काम भएको छ । अब यो नदीलाई ‘वाइल्ड एण्ड सिनेक रिभर’ ( प्राकृति र सुन्दर नदी घोषणा गर्नुपर्छ । २०७५ चैत्र १४ देखी १७ सम्म दैलेखको आठविस नगरपालिका –४ कर्णाली नदीको किनारामा सञ्चालन भएको तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलनले कर्णाली नदीलाई स्वतन्त्र बग्न दिन सहभागीले धारणा राखे।
विभिन्न राष्ट्रिय एवं विदेशी विज्ञ सहितको टोलीले नदी जोगाउन पहल गरेपनि स्थानीय केही बासिन्दा भने संरक्षणको नाममा जलविद्युत उत्पादन अवरुद्ध गर्न नहुने पक्षमा देखिएका थिए । नदी संरक्षण संस्थाका पदाधिकारी ,कर्णाली नदी कैलाश कर्णाली हुदै गंगासम्म वग्ने एकमात्र नदी भएकोले स्वतन्त्र बग्न दिनुपर्ने पक्षमा उभिएका थिए । एउटै कर्णाली नदीबाट विभिन्न जातजातिका संस्कार बुझन सकिने नदी भएकाले यसलाई नमासेर स्वतन्त्र बग्न दिए कर्णालीबासीको भलो हुने उनीहरुको भनाई थियो ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) मा अल्झिइरहेका बेला प्रभावित क्षेत्रमा भेला भएका नदी संरक्षणकर्ताले कर्णालीमा जलविद्युत् आयोजना निर्माण नगर्न माग राखेका थिए । ‘ हामी विकासका विरोधी होइनौं यदी विद्युत निकाल्नु नै हो भने अन्य खोलाबाट निकाल्नुहोस । ‘सुन्दर प्राकृति उपहार’को नदी नविर्गानुहोस नदी संरक्षण संरक्षण संस्थाका अध्यक्ष मेघ आलेको आग्रह थियो ।
‘फ्रेन्ड्स अफ कर्णाली’
राकम कर्णालीमा आयोजित तेस्रो नदी सम्मेलनले ‘कर्णाली घोषणापत्र–२०७५’ जारी गर्दै अन्धाधुन्ध जलविद्युत् उत्पादन लाइसेन्सको बजारीकरणको विरोध गरेको छ । सम्मेलनले नेपाल भ्रमण बर्ष सन २०२० मा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेट्ने गरी राकम कर्णालीदेखि टीकापुरसम्म २४२ किलोमिटर विश्वको सबैभन्दा लामो ¥याफ्टिङ दौड प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो । यो रुट माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणस्थलमै पर्छ । तर दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी यो कुराको खण्डन गर्दै उनी भन्दछन, यो मागले ‘माथिल्लो कर्णाली नबनाऊ’ भन्नु नै हो । ‘एक पक्षले नदीलाई जोगाएर राख्नुपर्छ, प्राकृतिक रूपमा बग्न दिनुपर्छ भन्छ, अर्को पक्ष भने नदीबाट समृद्धिको सपना देख्छ,’। ‘नदी संरक्षणकर्ता र विकासवादीबीच चलेको अहिलेको द्वन्द्व नै यही हो ।’

तर नदी संरक्षणका अभियान्ता कर्णालीका शाखा नदीबाट पर्याप्त मात्रामा विद्युत् उत्पादन गर्न सकिने पहिचान भइसकेको अवस्थामा कैलाश बाट मुहान रहेको गंगासम्म मिसिने नदी बाँध विहिन बनाउनुपर्ने बताए । शाखा नदीबाट विद्युत् उत्पादन गर्दा वातावरणीय दृष्टिले कति जलविद्युत् निकाल्न सकिन्छ भन्ने तय गरेर परियोजना सञ्चालनका लागि प्राथमिकता निर्धारण गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ । ‘त्यसपछि मात्र मूलधारको कर्णालीमा विद्युत् विकासबारे सोच्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ । सम्मेलनले कर्णालीलाई धार्मिक सास्कृति,जैविक विविधताको सम्पदा नदी’ घोषणा गरी विश्व सम्पदामा सूचीकृत गराउने अवधारणासमेत अघि सारेको छ । यसका लागि नदी वरपरको ५ किलोमिटर क्षेत्रलाई ‘कर्णाली नदी करिडोर’ कायम गरी विशेष संरक्षण योजना लागू गर्नुपर्ने माग गरिएको छ । तिब्बतको माप्चादेखि सुरु भई भारतको गंगामा गएर मिसिने कर्णाली नदीको लम्बाइ नेपालभित्र ५ सय ७ किलोमिटर छ ।
हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम, दैलेख, डोटी, सुर्खेत, कैलाली र बर्दिया भएर बग्ने यो नदीको तटमा थुप्रै बस्ती छन । ‘नदीजन्य प्रकोपबाट सुरक्षित रहन नदीलाई नै नियन्त्रण गर्ने र तटबन्ध एकमात्र उपाय हो भन्ने मानसिकता त्यागेर मानव निर्मित बस्तीलाई जोखिमयुक्त क्षेत्रभन्दा बाहिर राख्ने व्यवस्था मिलाउनुपर्छ,’ घोषणापत्रमा भनिएको छ, ‘यसका लागि एकीकृत भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्छ, जथाभावी विकासलाई निषेध गर्नुपर्छ ।’

कर्णाली प्रदेश र कर्णाली नदीको जैविक विविधतालाई उच्च महत्व दिएर अध्ययन–अनुसन्धानको विशेष क्षेत्र (हब) बनाउन पहल गरिने प्रतिबद्धता जनाएको छ । यसका लागि कर्णाली नदी संरक्षण र कर्णाली प्रदेशको विकासका लागि समान मत भएका प्रतिबद्ध नेपाली तथा विदेशी सम्मिलित ‘कर्णालीका मित्रहरू’ (फ्रेन्ड्स अफ कर्णाली) गठन गरिने घोषणापत्रमा उल्लेख छ ।
विकासवादी र वातावरण संरक्षण बीच द्वन्द्व
चार दिनसम्म चलेको सम्मेलनमा विकासवादी र संरक्षणवादीबीच वैचारिक द्वन्द्व चलेको थियो । विशेषगरी स्थानीय र जनप्रतिनिधि संरक्षणका नाममा जलविद्युत् विकासलाई अवरुद्ध गर्न नहुने पक्षमा देखिएका थिए भने संरक्षणवादी नदीमा निर्माण हुने संरचनाको विरोधमा थिए । दैलेख, महाबुका युवक मोहन शाहीले सम्मेलन बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणस्थलको करिब १५ किलोमिटर माथि (राकम कर्णालीमा) आयोजना हुनु र जलविद्युत् आयोजना निर्माण गर्न नहुने आवाज उठ्नु संयोगमात्र नभएको बताए । ‘नदी संरक्षणमात्र गर्ने कि नदीबाट विकास पनि गर्ने ?’ उनको भनाइ थियो, ‘अहिलेको मूलभूत मतभेद नै यही हो ।’ उनले संरक्षणका नाममा जलविद्युत् विकास ठप्प गर्न नहुने बताए ।
सुर्खेत, बराहतालको भेरी बेसिनबाट सम्मेलनमा सहभागी भूमिसरा टमटाले पनि शाहीको मतसँग सहमति जनाइन । जलविद्युत् आयोजना निर्माण गर्दा जलीय जैविक विविधता र नदी तटमा आश्रित जनताको जीवन ख्याल गर्नुपर्ने उनको भनाइ थियो । ‘हाम्रा अधिकांश ठूला सपना जलविद्युत सँगै सम्बन्धित छन् । ‘नदीबाट विद्युत् निकाल्न बन्द गरियो भने त विकास र समृद्धि कहाँबाट भित्रिन्छ ?’

नदी संरक्षणकर्ता एवं कर्णाली क्षेत्रका ¥याफ्टिङ व्यवसायी देवराज जैशीले नदीबाट जलविद्युत् मात्र होइन, पर्यटनको सम्भावनासमेत खोतल्नुपर्ने बताए । ‘कर्णाली र भेरी नदी जलपर्यटन तथा पर्यावरणीय हिसाबले अर्गानिक मानिन्छ । विश्वको टप ५ औं पर्ने यो नदी बचाउन सके थुपै्र पर्यटक भित्राएर समृद्धि ल्याउन सकिन्छ उनले भने । सम्मेलनले यही द्वन्द्वलाई ‘सुविकास’ र ‘कुविकास’को संज्ञा दिएर यसको निकास खोज्नुपर्नेमा जोड दिएको छ । नदीमा विकास संरचना बन्नुलाई सम्मेलनले ‘कुविकास’ भनेको छ । ‘संरक्षण प्रयासहरूबाट सबैभन्दा सिमान्तकृत एवं प्राकृतिक स्रोतमा पूर्ण निर्भर समुदायको हित तथा जीविकोपार्जनलाई केन्द्रमा राखेर परिभाषित गरिनुपर्छ,।
