सुदूरपश्चिम लोक सेवाले माग्यो १६७ वन रक्षक
८ कक्षा पास गरेकाले पनि आवेदन दिन सक्ने
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा आवेदन माग गरेको छ।
आज सूचना निकालेर आयोगले तहविहीन वन रक्षक पदका लागि एक सय ६७ जना माग गरेको हो।
वन रक्षक, नेपाल वन जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग भएको छ।
सबैभन्दा धेरै खुलातर्फ ९२ जना वन रक्षक माग भएको छ भने सबैभन्दा कम पिछडिएको क्षेत्रतर्फ ३ जना वन रक्षक माग गरिएको छ।
दरखास्त दस्तुर एक सय लाग्नेछ भने चैत २९ सम्म दरखास्त दिन सकिनेछ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्।
कक्षा ८ उत्तिर्ण गरेकाले पनि आवेदन दिन सक्नेछन्।

