मान्मवासी मुग्लान जान छाडे
दैलेख । दैलेखको भैरवीगाउँपालिका –७ मान्म गाउँका बासिन्दा जीवनयापनको लागि मुग्लान जानुपर्ने बाध्यता थियो । गाउँ नै खाली गरेर मजदुरीका लागि मुग्लान जान्थे । ६ महिना मजदुरी गरेर जहान परिवार एकसरो कपडा हातमुख जोर्नका लागि केही रकम ल्याएर गाउँ फर्किन्थे । मान्मबासीका पुरुष विदेशिए पछि गाउँ मान्मगाउँ पुरुष विहिन हुन्थ्यो । न्वारन,व्रतबन्ध,विवाह,मलामी एवं सामाजिक कामका लागि महिलाले गर्नु पर्ने बाध्यता थियो ।
तर आजभोली मान्मगाउँको दिनचार्य सँगै पहिचान समेत फेरिएको छ । दोलखाबाट ल्याएको नासो किवीको बोटले परम्परागत गहुँबालीलाई विस्थापित गरि किवी खेतीले जमिन ओगटेको छ । जीवनयापनका लागि मुग्लान जाने मान्मबासी गाउँघरमै बसी किवि खेतीबाट आम्दानी गर्न थालेका छन् । किवी खेती भन्दा पहिला मान्मगाउँका खेतवारीमा यो समयमा गहुँबारीले गरा हराभरा हुन्थे । गहुँबारीले गराहराभरा भएपनि भन्ने जसो उत्पादन हुदैन थियो । जीवनयापनका लागि मान्म बासी मजदुरीका लागि मुग्लान जानु बाहेक अर्को विकल्प थिएन ।
चार बर्ष अघि मान्म गाउँका किसान विष्णु प्रसाद कँडेल किवीखेतीको तालिम लिन दोलखा पुगे । पाँच दिनको तालिम सकाएर किवीका ९ बोट सँगै ल्याएर गाउँ फर्किए । केही आफुले लगाए,केही बोट छरछिमेकीलाई दिएर बारीमा लगाउन लगाए । किविखेतीबाट राम्रो उत्पादन र आम्दानी हुन थालेपछि मान्म गाउँका बासिन्दाले गहुँबारी लगाउने ठाउँमा किवीखेती गर्न थालेका छन् ।किवी खेतीले आम्दानी बढाउनुका साथै मुग्लान जाने मान्मबासीलाई गाउँमै बस्न बाध्यता बनाएको विष्णु प्रसाद कँडेलले बताए । “पहिले आम्दानी हुदैन भनेर गाउँका पुरुष देश जाने गर्थे । किवीले राम्रो उत्पादन दिएर आम्दानी दिएपछि पराई देश विरानो भन्दै गएको छ”, उनले भने ।
मजदुरीका लागि पराईदेश जाने मात्र होइनन् किवी खेतीले राम्रो उत्पादन दिएपछि शिक्षक पेशा छोडेर सोही ठाउँका राजेश कँडेलले पनि किवी खेतीतिर लागेका छन् । शिक्षक पेशा भन्दा किवी खेती नै राम्रो लागेर मैले जागिर छोडेर फर्ममा किविको वेर्ना बनाएर आम्दानी गरेको छु । सबै किसान सँग भेटघाट हुन्छ,शिक्षक पेशा भन्दा मलाई कृषि पेशा नै राम्रो लागेको छ, उनले भने ।
मान्म बासिका लागि नौलो फल बनेको किवी आजभोली आर्कषण मात्र नभउर आम्दानीको स्रोत वन्न पुगेको छ । मान्म गाउँमा किवी नलगाएको घर भेटाउन मुस्किल पर्छ । एक जना किसानले बारीमा ५० देखि ६ सय किवीका विरुवा रोपेका छन् । गाँउका २२ घरधुरीहरुले करिव ३ सय रोपनी क्षेत्रफलमा किवी खेती सूरु गरेका छन् । किवि संगै ओखर,एभोकाँडो,कटुस,अलैचीका नर्सरी समेत राखेर व्यवसायमा होमिएका छन् ।
यो अभियानमा मान्मबासी किसानलाई सहास नेपाल नामक गैरसरकारी संस्थाले सहयोग गर्दै आएको छ । भैरवी कृषक समूह मार्फत किवीका ३ बिरुवा खरिद गरि अन्य कृषकलाई वितरण गरि,खेतीप्रवद्र्धनमा सहयोग पु¥याएको छ । किवी विरुवा मात्र छैन,तरकारी खेती,प्रोत्साहनका लागि सिंचाई पोखरी निर्माण संगै व्लक नै निर्माण गरि कार्यक्रम सञ्चालन गरिएको सहास नेपाल परियोजनाका अधिकृत तेजकुमार राईले जानकारी दिए ।
कृषिविकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार संघिय सरकारको स–शर्त अनुदान कार्यक्रम अन्तरगत दैलेखका ९ वटा स्थानीय तहका १३ वटा स्थानमा १८ हेक्टर क्षेत्रफलमा किवि खेतीलाई प्रवद्र्धन गरिएको छ भने कृषि कार्यालय मार्फत थपअनुदानको कार्यक्रम समेत लागू कृषि कार्यालय दैलेखका नरेन्द्रबहादुर थापाले जानकारी दिए ।
दैलेखको हावापानी किवी उत्पादनको लागि उपयुक्त मानिन्छ । बजारीकरणको लागिे दैलेख बजार,सुर्खेत,नेपालगंज हुदै भारतको लखनाउ सम्म किवी फलको बजार छ ।
उपयूक्त हावापानी र बजारको सम्भावना भएको किवी खेती गर्ने किसानहरुलाई क्षमताअभबृद्धि गर्ने तालिम सहित स्रोत साधन सम्पन्न गराउन सके आम्दानी र जीवनयापनका लागि महत्वपुर्ण मानिन्छ भने गरिवी न्युनिकरणका लागि सहयोग पुग्नेछ ।
भैरवी मात्र होइन दैलेखको उत्तरदक्षिणमा पर्ने गुराँस गाउँपालिकाको लालिकाँडामा किवी खेती गरिएको छ । किवी खेतीमा १२ जना बेरोजगारी युवाले रोजगारी पाएको कर्णाली एग्रोफर्मका सन्चालक सद्दामसिंह राठौरले जानकारी दिए ।
दैलेख को गुराँस गाउँपालिकाको लालिकाँडामा शुरु गरिएको किवीखेती । यो किवी खेती कर्णाली प्रदेशको ठुलो फार्म हो ।
