दुर्गम गाउँकाे बस्तीमा सीप मुलुक तालिम
बाजुरा । जिल्लाको पुर्वी उत्तरी भेग हिमाली गाउपालिका वडा न.६ पाँडी गाउँ बस्तीमा “सीप सिकौ, रोजगार बनौ“ भन्ने मुल अभियानका साथ प्राविधिक सीप बिकास तालिमको संचालन गरिएको छ । एक औपचारिक कार्यक्रमका बिच उद्घाटनज गरिएको एपल टेक्निकल ईन्स्टिच्यु प्रा.लि. का प्रशिक्षक पारस शाहीले जानकारी जानकारी दिए ।हिमाली गाउपालिका उधम बिकास सहजकर्ता कमला बुढाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि तवा सामुदायिक राष्ट्रिय वनका अध्यक्ष डम्बर बहादुर रावल रहेका थिए । त्यस्तैं बिशिस्ट अथिती नेकपा हिमाली गाउपालिका वडा न.६ कार्य समिति अध्यक्ष धन बहादुर थापा लगायत तालिम लिने ४५ जनाको सहभागिता रहेको थियो ।
नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग र हिमाली गाउपालिको आयोजना तथा प्राविधिक सहयोग एप्पल टेक्निकल ईन्स्टिच्युट प्रा.लि. बिरेन्द्रनगर ३ सुर्खेत द्रारा “स्वदेशी उधम र उत्पादनमा दीगो औद्योगिक पुनरुत्थान“ गरिबी निवारणका लागि उधम विकास कार्यक्रम उधमहरुलाइ तालीम कार्यक्रम गरिएको छ ।
गाउँमा गएर उधमहरु जनशक्ति उत्पादन गर्ने सिलाइकटाइ तालिममा १० जना लाई ४५ दिनको तालीम र फर्निचर तालिममा १५ जना ३० दिनको तालिम र कुखरा पालन तालिममा २० जना ७ दिनको तालिम सबै गरि ४५ जनाहरुलाई सहभागी गराइ तालिम संचालन गरिएको हिमाली गाउपालिका उधम विकास सहजकर्ता कर्मचारी कमला बुढाले बताए ।
यो सीप सिकेर आफ्नो सीप बिकास हुनेछ र गरिबी भएको घरको परिवारलाई सीप सिकेर वृद्धि उन्नतिशील रहोस् भन्न चाहन्छौ । जस्मा गाउँमा सीप सिकेर बेरोजगारी समस्या भएको ठाउँमा पुर्णतया रोजगार मुलुक सहित आर्थिक उन्नतिको ठुलो लाफदाहिक हुने एप्पल टेक्निकल ईन्स्टिच्युट प्रा.लि.का व्यवस्थाक पारस शाहीले जानकारी दिनुभएको छ।
