एमाले एकता जाेगाउन देउवाकाे पक्षमा हस्ताक्षर गरिन : याेगेश भट्टराई
काठमाडाैं । एमाले नेता योगेश भट्टराईले जेठ ७ आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठीन निर्णय भएको बताएका छन्।
शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन हस्ताक्षर नगरेका नेपालपक्षीय नेता भट्टराईले एमालेको एकता जोगाउन आफूले त्यस्तो निर्णय लिएको बताए।
‘नेकपा एमालेको एकता जोगाउन सकिन्छ कि भन्ने आशामा मैले आजको निर्णय लिएको हुँ, सही गरेँकि गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।
देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका थिए, जसमा भट्टराईले हस्ताक्षर गरेका थिएनन्।
