एमालेकाे १२१ र जसपाकाे १६ जनाकाे हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीकाे पनि दाबी
काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।
बालुवाटारमा शुक्रबार दिउसाे भएकाे सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए।
