कहिले बन्ला,दुल्लूदरबार

दैलेख । माओवादीले बम पड्काएर ध्वस्त बनाएको दुल्लूदरबार १८ बर्ष वित्यो । तर पनि दरबार पुर्न निर्माणका लागि कुनै पहल गरिएको छैन । जुम्लाको सिंजा राज्यको हिउँदे राजधानी दैलेखको दुल्लूदरबारको पुर्न निर्माण नहुँदा सम्पदा मानिएको दरबार सधैका लागि हराउने होकी भन्ने नागरिकमा चिन्ता छ ।दरबार व्याक्तिका नाममा हुँदा पुर्ननिर्माण नपरेको हो । २०५९ बैशाख ८ मा माओवादीले दरबारमा बम पड्काएर ध्वस्त बनाएका थिए । प्यागौडा र परम्परागतशैलीमा बनाईएको दरबारका तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका थिए ।
दुल्लू दरबार जंगबहादुर शाहका कान्छा छोरा रिटार्यड जर्नेल दिप्तप्रकाश शाह लगायत आफन्तको नाममा भएकाले पुननिर्माणमा ढिलाई भएको पुरातात्विक विभागले जनाएको छ । यदि व्याक्तिले राज्यका नाममा नामसारी गरे छिटो पुनिर्माण गरिने पुरातत्व विभागका एक कर्मचारी जानकारी दिए । दरबार संरक्षणका लागि बर्षेनि रकम विनियोजन भएपनि व्याक्तिका नाममा भएकाले कार्यान्वयन हुन नसकेको उनको भनाई छ । दल्लूूदरबार दुल्लू क्षेत्र र आठविस दराबाट मासको गाह्रोबाट निर्माण गरिएको स्थानीयबासी बताउँछन् ।
तत्कालिन माओवादी विरुद्धको दुल्लू विद्रोहकी अगुवा कृष्णा शाहले भने,सरकारले दरबार बनाउन चासो नदिएको पुर्न निर्माणमा नपरेको बताउँछिन् । दरबार बनाउनको लागि पुरातत्व विभाग र स्थानीय सरकार चासो दिएर लाग्नु पथ्र्यो । तर व्याक्तिमा नाममा छ भनेर पन्छिने गरेका छन उनले भनिन् । “सहमतिको बाटो खोज्नु पर्ने र राज्यले नै लागि पर्नु पर्छ । सरकारले बजेट विनियोजन गरि निर्माण थालेपछि स्थानीय बासी सबैले सहयोग गर्छ ।” दुल्लू राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखी भारतको गडुवालसम्म फैलिएको थियो ।
वाईसे,चौविसे राज्यमा यो राज्य सानो राज्यको रुपमा रहेको थियो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम संम्बत १९८४ मा दरबारको पुननिर्माण गरिएको थियो । तत्कालिन दुल्लुका राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाई जितेर ल्याएको सम्पत्तिबाट दरबारको पुननिर्माण गर्न इतिहासका विद्यार्थी भुपाल विक्रम शाहले बताए । दरबारमा दुल्लूका अन्तिम राजा जंगबहादुर शाहले विरशमशेर राणाकी नातिनी तेजशमशेर छोरीसँग विवाह गरेपछि दुल्लूमा राजकाज चलाएका थिए ।
खस जातीको साझा सम्पत्तिको धरोहरमा रहेको यो दरबारको पुननिर्माण गरि खस जातीय संग्राहलय बनाउनु पर्ने दुल्लू नगरपालिका–२ खमबहादुर थापाले बताए । व्याक्तिका नाममा दरबार भएकोले पुर्न निर्माण नपरेको उनको भनाई छ । दरबारले व्याक्ति नामबाट राज्यले लिई दरबार निर्माण अगाडी बढाउनुपर्छ । नत्र एउटा सम्पदा नै गायब हुन लाग्यो । दरबारमा राज्य र स्थानीय सरकारकारले चासो दिनुपर्छ । दुल्लूका अन्तिम राजाका छोरा जर्नेल शाह भने दरबार आफ्नो नभएर दैलेखी जनताको सम्पदा भएको बताए । म राज्यलाई दिन तयार छु । सरकारले बजेट विनियोजन गरि पहल गरोस । दुल्लूका अन्तिम राजाको चिनो हो,जनताको दरबार हो । नेपाल सरकारले दरबारलाई पुननिर्माण गर्न चाहेमा आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने छु ,उनले भने ।
तत्कालिन दुल्लू भारतको दिल्लीमा भएका मुगल सम्राट बिच दैत्य सम्बन्ध थियो । जसको उदाहरण रुपमा बोलिने हुजुर भाषाबाट हजुर सिकेको र हामीसँग भएको परम्परा,करुवा,हुक्का मुगलबाट सिकेर प्रयोग गरेको दुल्लू नगरपालिका –२ का नयाँराम थापाले बताए । मुगल सम्राट सँग दैत्य सम्बन्ध भएको उदाहरण दुल्लू नगरपालिका वडानं १० मा रहेको पादुकास्थान मन्दिरमा अवस्थित साउना कार्की र साउना कर्केनीको अशोक स्तम्भलाई लिन सकिन्छ । राजा दामोपालको पालादेखी सिंजा संगै दुल्लू क्षेत्रको विकास भएको देखिन्छ ।
दुल्लूनगरपालिकाका मेयर घनश्याम भण्डारीले दरबार पुर्ननिर्माणका लागि पहल भईरहेको बताए । व्याक्तिगत नाममा भएकाले काम हुन सकेन । हामी पहिला व्याक्तिगतबाट नामसारी गरेर सरकारको मातहतमा ल्याउँछौं । अनि दरबार बनाउने काम अगाडी बढछ् ।
नेपाल एकिकरणको समयमा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएपतापनि विक्रम संवत २०१९ मा यो छुट्टै राज्यको रुपमा रहेको थियो । राज्य रजौटा ऐन २०१९ बमोजिम दुल्लू राज्य विघटन भई २०१९ मा दैलेखमा गाँभिएको थियो ।