लक्ष्मण कँडेल ४४ मतले अगाडी
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी रहेको छ । अहिले सम्मको मतगणना हेर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले ४४ मतले अग्रता लिएका छन् ।
हाल सम्म मतगणना गर्दा लक्ष्मण कँडेले २१४ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्काले १७० मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानैदेखिनै जारी रहेको जनाएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए । भने १८२४ मत खसेको थियो ।

