खड्काले लिए थानीको आर्शिवाद , थानीले दिय विजयको शुभकामना

वीरेन्द्रनगर । कांग्रेस सुर्खेतका स्थापन इतर पक्षका प्रमुख नेता ह्दयराम थानीले नेपाली कांग्रेस वीरेन्द्रनगर प्रमुख पदका उमेदवार उपेन्द्र बहादुर खड्कालाई घरमै बोलायर जितको शुभकामना दिएका छन् ।
कांग्रेस सुर्खेतको आन्तरिक विवाद र अन्यपाटी संगको चुनावि तालमेलमा अल्मलियको अवस्थामा यसपालि निकटतम प्रतिद्वन्दि नेकपा एमाले ले जितहातपार्ने दाउ हेरि रहेको वेला कांग्रेस नेता थानीले खड्का लाई जितको शुभकामना दिएका हुन् ।
अघिल्लो स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले वीरेन्द्रनगर नगरपालिकामा सहजै नगर प्रमुख जित हातपारेको थियो ।
कांग्रेसको आन्तरिक विवादका कारण यसपालिको निर्वाचन हारिन्छकि भन्दै चिन्तित बनेका वीरेन्द्रनगरका कांग्रस नेता कार्यकर्ता थानि र खड्काको भेटले उत्साहित बनेका छन् ।
कांग्रेस नेता थानीले वीरेन्द्रनगर प्रमुख पदका उमेदवार खड्का संगको भेटमा आसन्न निर्वाचनमा कांग्रेसले अन्य पाटिहरु संग गरेको चुनावि तालमेल र अहिलेको अवस्थाको विषयमा जानकारी लिएका छन् ।
वीरेन्द्रनरमा कांग्रेसको आन्तरिक विवाद समाधान संगै नेकपा माओवादी संग गरेको चुनावि तालमेलका कारण सत प्रतिसत जित नजिक पुगेको कांग्रेस नेता कार्यकर्ताले दावि गरिरहेका छन् ।