सत्तागबन्धन दलका उम्मेदवारी एक्लाएक्लै चुनावी मैदानमा

दैलेख । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि दैलेखमा पाँच दलको गठनबन्धन हुन सकेन । दलहरुको अडानले गर्दा सत्ता गठबन्धन हुन नसकेको हो ।
जिल्लाका ११ वटै पालिकामा सत्ता गठबन्धन दलले केन्द्र,प्रदेश र जिल्लाको निर्देशन समेत अस्वीकार गरि उम्मेदवारी दर्ता गराएका थिए ।दलका प्रतिनिधीले पालिका प्रमुख र उपप्रमुख पद ताकेपछि जिल्लामा दलहरु बिच गठबन्धनको सहमति हुन नसकेको हो ।
जिल्लामा नेपाली काँग्रेस,नेकपा माओवादी,एकिकृत समाजवादी राष्ट्रिय जनमोर्चा,दल छन् । सत्ता गठबन्धन बिच सहमति हुन नसक्दा ३० गतेको स्थानीय तहको निर्वाचन एमालेको पोल्टामा जान सक्ने स्थानीय बुद्धिजीवी आंकलन गर्ने गरेका छन् ।
जिल्लाका ११ वटा पालिकामा मध्ये पाँच पालिकामा नेकपा माओवादी केन्द्र र समाजीवादी चुनावमा तालमेल गरेर जाने भएको नेकपा माओवादी केन्द्रका एक नेताले बताए । निर्वाचन क्षेत्र –१ को भगवतीमाई, नौमुले,महाबु गाउँपालिकामा नेकपा माओवादी केन्द्र र समाजवादी केन्द्र बिच तालमेल भएको छ ।
त्यसैगरि जिल्ला सदरमुकामको नारायण नगरपालिकामा प्रमुख र उपप्रमुखमा तालमेल भएपनि वडातहमा सबै दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । नारायण नगरपालिकाको नेपाली काँग्रेसबाट निर्मला खड्का र समाजवादीबाट सावित्री मल्ल उपप्रमुखमा उम्मेदवारी दिएकी छन् । सावित्री मल्ल २०७४ स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुखमा विजय भएकी थिईन । गुराँस,डुगेश्वर गाउँपालिकामा भने गठबन्धनका दल एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।
त्यसैगरि निर्वाचन क्षेत्र २ को दुल्लू नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादीले वडा तहमा तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् । भैरवी गाउपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका,ठाटीकाँध गाउँपालिका र आठविस नगरपालिकामा सत्तागठबन्धन दलबिच सहमति हुन नसक्दा एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् ।
सत्ता गठबन्धन दलले समयमा उम्मेदवारीको टुंगो लगाउन रसाकस्सी चलिरहेका बेला नेकपा एमाले जसरी भातु संगठनको जिल्ला स्तरिय वैठक गरि चुनावी रणनिति तयार गरेर गाउँ गाउँमा पठाएको छ ।
गठबन्धनमा अल्झिएका पाँच दल भने,सहमति जाने भन्दै समय बर्बादको फाईदा एमाले लिएको छ ।
२०७४ सालको स्थानीय चुनावमा नेकपा एमाले ठुलो दल बनेको थियो । सत्ता गठबन्धनले एमालेलाई तह लगाउने नीति लिए पनि त्यसको प्रभाव गाउँमा परेको छैन ।
एमालेले आफ्ना पहिलेका मतदातालाई सुरक्षित राख्न सके एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिल्लास्थित बृद्धिजीवि बताउँछन् । काँग्रेसमा आफसी गुट,मनमुटाव र टिकट वितरणमा संस्थापन र कोइराला पक्ष समुह कुरा नमिल्दा कार्यकर्ता समेत असर परेको छ । नेकपा फुटको फाईदा सजिलै काँग्रेस लिन खोजेपनि चुनौति उत्तिकै रहेको छ ।
तर पाँच बर्षसम्म सत्ता चलाएको नेकपा एमाले जनपक्षिय काम नगर्दा यो पालि पहिलेको भन्दा कम पालिकामा मात्र चुनाव जित्न सक्ने केही व्याक्तिको ठम्याई छ ।