सुर्खेतमा ७ हजारले लगाए कोरोना विरुद्धको भ्याक्सिन
सुर्खेत । सुर्खेतमा ७ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाइएका छन् । माघ १४ गतेदेखि हालसम्म ७ हजार ४७५ जनालाई कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २ हजार ३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोप लगाइ सकिएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए । वैशाख पहिलो सातादेखि १५ गतेसम्म दोस्रो डोजको खोप लगाइनेछ उनले भने ।
वाग्लेका अनुसार पहिले छुटेका र ६५ वर्ष माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाइनेछ । सुर्खेतमा ६५ वर्षमाथिको उमेर समूहका २४ हजार ९७६ जना नागरिक छन् ।