भारतमा बस दुर्घटना हुँदा दैलेखका चार जनाको मृत्यु
दैलेख । दैलेखका चार जना नेपालीको भारतमा भएको बस दुर्घटना परि मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका –१३ खर्चेगरा भीमबहादुर रावल,श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल,तिलक घर्ति हुन् । मृतक तीनजना रावल एकै परिवारका हुन् ।
दुर्घटनामा दुल्लु नगरपालिका–१३ तोलीपानीका तिलक घर्तीको पनि मृत्यु भएको भीमका भाई महेन्द्र रावलले जानकारी दिए । दुर्घटनामा भीमबहादुरका छोरा प्रकाश रावल गम्भीर घाइते छन् ।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारतको मुम्बईमा रोजगारीका गएका रावल नेपाली नेपाल फर्कदै थिए । उल्ला दुर्घटनामा अन्य नेपालीहरु पनि रहेको र उनको पहिचान नखुलेको महेन्द्रले बताए । रुपैडियातर्फ आउँदै गरेको बस भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा दुर्घटना भएको हो ।
