भारतमा कोरोनाका ४०४१ जना नयाँ संक्रमित थपिए
काठमाडौं। भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ। शुक्रबार एकै दिन भारतमा कोरोनाका ४ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन्। केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार थपिएका संक्रमित ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या भएको जनाएको छ।
महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ।
यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन्। बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ।