मजुवा खानेपानी प्रत्येक नागरिकलाई खुवाउने लक्ष्य छ : प्रमुख शाही
दैलेख । मजुवा खानेपानीकाे विस्तारलाई कार्यलाई तिव्रता दिइएको छ । भैरवी गाउँपालिका वडा नं. ७काे मजुवा देखी चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं.९ काे डंसुर सम्म करिव ३६ किलोमिटर दुरी रहेकाे मजुवा खानेपानी प्रत्येक नगरवासीलाई खुवाउने लक्ष रहेको छ ।

चामुण्डा विन्द्रासैनी नगरपालिका काे वडा नं.५ काे कार्की डाँडामा खानेपानी ट्याङ्कीकाे आज नगर प्रमुख गणेश कुमार शाहीले एक कार्यक्रमका विच सिलान्यास गर्नु भएकाे छ ।
कार्की डाँडामा ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुन लागेकाेछ । याे ट्याङ्कीकाे निर्माण कार्य असार मसान्तसम्म सक्ने गरी कामलाई रप्तारका साथ संचालन गर्नकाे लागि उपभोक्ता समितिलाई नगर प्रमुख शाहीले निर्देशन दिनु भएको छ ।
नगर प्रमुख शाहीले सम्पूर्ण नगरवासीले स्वच्छ खानेपानी खान पाउन भन्ने उद्येश्यका साथ मजुवा देखी वडा नं.९ काे डंसुर सम्म प्रत्येक नागरिकका घरमा खानेपानीका धारा जाेड्ने प्रमुख लक्ष रहेकाे बताए।
प्रमुख शाहीले विकासे काममा कुनै पनि गलत सम्झाैता नगरिने र गलत गर्नेलाई छुटकारा पनि नदिने बताए । नगर प्रमुख शाहीले आफ्नो कार्यकालमा खानेपानी ,स्वास्थ्य, शिक्षा र सडकलाई प्राथमिकतामा राखेर कामलाई अगाडि बढाउने लक्ष लिएको बताए। सिलान्यास कार्यक्रममा मजुवा खानेपानी उपभोक्ता समितिले कामलाई जनशक्ति धेरै लगाएर भए पनि काम सम्झाैता भएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
याे ट्याङ्की निर्माण भए संगै प्रत्येक घरमा २ सय लिटरका दरले ५ सय घरपरिवारलाई उपलब्ध हुने कुरा नगरले विश्वास लिएको छ ।
