चार दिनदेखि वेपत्ता बालिकाको शव भेटियो ।
सुर्खेत । सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । उनी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट वेपत्ता भएकी थिइन् ।
आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म उनी आइनन्,’जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीले भने,‘ त्यसपछि हामी (प्रहरी)लाई खबर गरेका थिए ।’
घर्तीका अनुसार ग्रीस्माको शव उनकै घरदेखि झण्डै एक सय मिटर दुरीमा मंगलबार बिहान मात्र फेला परेको हो । घटनाबारे अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिबाको मृत्युको कारण नखुलेपनि संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।