दैलेखमा एमालेको बोर्ड राखियो
दैलेख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पक्षमा फैसला सँगै विउतिएको एमालेले बुधबार पार्र्टी कार्यालय दैलेखमा एमाले बोर्ड राखेको हो । माओवादी केन्द्र र एमाले एकिकरण हुनु अघि भवन नेकपा एमालेकै हो ।
पार्टी एकिकरण सँगै कार्यालयमा नेकपा एमालेको बोर्ड टाँसिएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि नेकपा एमालेकै कार्यालयलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय बनाईएको थियो । सर्वोच्चले अध्यक्षद्धय केपी शर्मा ओली– पुष्पकमल दाहालल प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता नदिएपछि सो भवनलाई पुनः साविककै एमालेको जिल्ला कार्यालयको रूपमा परिणत गरिएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको २०७५ जेठ ३ गते एकता घोषणा गरिएको थियो । सर्वोच्च अदालतबाट २०७७ फागुन २३ गते आयोगको उक्त निर्णयलाई बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत पार्टीको हैसियत दिएको छ । बुधवार एमाले दैलेखका शिर्ष नेताहरु लक्ष्मीप्रसाद पोखरेल, प्रेमबहादुर थापा, रत्नबहादुर खड्का, मिनासिंह रखाल, सुर्यबहादुर शाही, लोमन शर्मा, महिला नेतृहरु तप्ता थापा, सुर्यकुमारी श्रेष्ठ लगाएको नेता कार्यकताएहरुको उपस्थितीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लेखिएको बोर्ड राखिएको हो ।
त्यसैगरि दैलेखको क्षेत्र नम्बर २ दुल्लूमा समेत नेकपा एमाले पार्टी कार्यालय एमालेको बोर्ड राखिएको छ ।
