आगामी तीन दिन वर्षा हुने प्रक्षेपण ।
आगामी तीन दिन अर्थात मङ्गलबारसम्म देशभर पानी पर्ने वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमसवद् प्रतिभा मानन्धरले जानकारी दिए।
उनले ने, ‘यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ।’ उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता पनि मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षार्का सम्भावना रहेको छ।
हाल लुम्बिनी, गण्डकी र प्रदेश नं १ का केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भू–भागमा आङ्शिकदेखि सामान्य बदली रहेको छ। रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावका साथै प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ। सोमबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बाइएको छ।
