वीरेन्द्रनगरका छाडा पशुचौपाय चौराँसे लगियो ।
सुर्खेत। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरका सडकमा बेवारिसे पशु चौपायहरुको व्यवस्थापन गर्न शुरु गरिएको छ । पहिलो चरणमा डेढ सयभन्दाबढी चौपाया चौराँसे पठाइएको हो । वीरेन्द्रनगर नगरपालिका ११ नम्बर वडा कार्यालयको पहलमा ती चौपायालाई लेकबेँसी नगरपालिका-९ स्थित चौराँसे गौशालामा पठाइएको छ । सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिम बढेको वडाध्यक्ष खिमलाल देवकोटाले बताए । उनले अबका दिनमा कसैले चौपाया बेवारिसे रूफमा छाडे कारबाही गरिने बताए । छोडेको पुष्टि भएमा कारबाही गर्ने गरी वडा कार्यालय अघि बढेको बताए ।
