कर्णाली राजमार्गमा माईक्रोबस दुर्घटना १ को मृत्यु १० घाईते
विहिबार कर्णाली राजमार्गमा माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।
राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका –१ टुईकुनामा माईक्रोबस दुर्घटना भएको हो । कालिकोट देखी सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटना परि घाईते भएका १० जना मध्ये ७ जना घाईतेलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको छ ।
बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्री सवार थिए । घाईतेको उद्धार भईरहेको छ । विहाना ११ बजे बस दुर्घटना भएको थियो ।
