कर्णाली प्रदेश निर्जिवन बिमा कम्पनीका प्रमुख संग अन्तर्क्रिया ।
सुर्खेत । कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनी हरुका प्रदेश प्रमुख तथा शाखा प्रबन्धक हरु संघ बिमा को प्रभाव र कर्णाली प्रदेशमा निर्जिवन बिमा को पहुँचका बिषमा अन्तरक्रिया कार्यक्रम बिमा समितिको कार्यलय मा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मा बिमा समितिको तर्फबाट समितिका प्रदेश कार्यलय प्रमुख श्री पदम सोडारी ज्यु ले कर्णाली प्रदेश सरकार तथा सङ्घिय सरकार अन्तरगत किर्षि तथा पशुपन्क्षी बिमा अन्तर्गत उपलब्ध गर्दै आएको अनुदान लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषय मा छलफल गर्नु भएको थियो ।
यसै आर्थिक बर्ष बाट कर्णाली प्रदेश सरकार ले कृषक लाई संघीय सरकारले उपलब्ध गरेको ८०% अनुदानमा १० % थपेर ९०% अनुदान को ब्यब्सथा गरेको छ ।
