कोरियामा सवारी दुर्घटनामा परी सुर्खेतका जीवन मगरको मृत्यु
सुर्खेत । दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको मृत्यु भएको हो । मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी वैदेशिक रोजगारका लागि ३ वर्षअघि कोरिया गएका थिए ।
