जब परीक्षार्थीले नै उत्तरपुस्तिकामा फोन नम्बर लेखेर कल गर्नु भने पछि …
सुर्खेत । कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको परीक्षामा परीक्षार्थीले उत्तरपुस्तिकामा फोन गर्नु भनेर आफ्नो फोन नम्बर राखेको पाइएको छ ।
आयोगले लिएको स्वास्थ्य सेवा, सहायकस्तर चौथो तह, अ.हे.व. पदको प्रथम चरण लिखित परिक्षामा सहभागी भएका सिद्धकुमाख गाँउपालिका २ सल्यानका नविन कुमार रेउलेले उत्तरपुस्तिकामा आफ्नो फोन नम्बर लेखि फोन गर्नु भनेर लेखेको पाइएको हो ।
फोन गर्नु भनेर लेखेको पाइएपछि आयोगले उनको परीक्षा रद्द गर्नुका साथे आयोगले लिने परीक्षामा दुई वर्षसम्म अयोग्य ठहर गरेको छ ।
