चुनावी प्रतिबद्धतालाई आत्मसाथ गरेर काम गर्छु : रक्षबहादुर शाही
दैलेख । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले चुनावताका आफुले गरेका चुनावी बाचालाई आत्मसाथ गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । आफुले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले शिक्षाा क्षेत्रमा आमुल परिवर्तन आवाश्यक रहेको बताए ।
सोमबार प्रदेश राजधानीको शुभ होटेलमा रक्षबहादुर शाहकाे निजी सचिवालयले आयाेजना गरेकाे भेटघाट तथा आन्तरिक छलफल कार्यक्रममा उनले भने,‘ म जनताको भावना र इच्छा विपरीत जाँदिन र, कसैलाई जाँन पनि दिन्न ।’
कार्यक्रममा ठाटीकाँध घर भई राजधानीमा बसेर विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुले अध्यक्ष शाहीलाई सुझाव दिएका थिए । सहभागिहरुले राजनीतिक पहुँचको आधारमा नभई समर्ग पालिकाको विकास र समृद्धिमा अघि बढ्न आग्रह गरेका थिए ।
जवाफमा अध्यक्ष शाहीले भने,‘ म निर्वाचिन हुनुभन्दा पहिला काँग्रेसको नेता थिएँ, अहिले म पालिकाको अभिभावको रुपमा छु । त्यसैले पालिकाको हितका लागि म कटिबद्ध छु ।’


साथै उनले करार कर्मचारीको विषयमा पनि आफ्नो धारण राखेका थिए । उनले भने,‘ कर्मचारीको धर्म निभाउने भन्दा पनि राजनीतिमा बढ्ता अग्रसर हुनेहरुलाई साइड लगाउनुको विकल्प नरहेको बताए । कर्मचारीले त आफ्नो काम, कर्तव्य पुरा गर्नुप¥यो नि .।’

‘ म जनताबाट निर्वाचित भएको मान्छे हुँ, त्यसैले सबैको सुझाव र सहयोगको अपेक्षा गर्छु,’उनले भने ।
साथै उनले सुशासनलाई प्राथमिकता दिँदै प्रत्येक बर्ष कार्यविवरण सार्वजनिक गरिने समेत बताए।
