महिला जेसिजको आयोजनामा रक्तदान कार्यक्रम
सुर्खेत । सुर्खेत महिला जेसिजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जेसिज सप्ताह अन्तरगत मंगलबार पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।महिला जेसिजकी अध्यक्ष मनिषा कौशलले रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको जानकारी दिइन् ।
यस्तै मंगलबार नै महिला जेसिजले विद्यार्थीहरुलई शैक्षिक समाग्री वितरण गरेको छ । वीरेन्द्रनगर १० घुस्रामा रहेकोे नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शैक्षिक समाग्री वितरण गरेको हो ।
