महंगी र भ्रष्टाचार विरुद्ध वीरेन्द्रनगरमा एमालेको जनप्रदर्शन
सुर्खेत । महंगी र भ्रष्टाचार विरुद्ध एमाले निकट जनसंगठनहरुले बृहत जनप्रदर्शन गरेका छन् । एमाले जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा बृहत जनप्रदर्शन गरिएको हो ।
गठबन्धन सरकारले महंगी, मुल्यवृद्धि र भ्रष्टाचार नियन्त्रणमा चासो नदिएको भन्दै बृहत जनप्रदर्शन गरिएको हो ।
