होटल क्षेत्रमा जम्दै ,पर्यटन क्षेत्रमा अब्बल युवा प्रबन्धक ; दमन जंग शाह

सुर्खेत । कर्णाली प्रदेशको प्रादेशिक राजधानी सुर्खेतको मुटुमा अवस्थित शुभ होटेलमा कार्यरत जेनरल म्यानेजर दमन जंग शाह कर्णालीको होटेल क्षेत्रमा एक परिचित नाम हो । बढ्दो पर्यटन गतिबिधि र होटेल क्षेत्रको लगानीलाइ नजिकबाट नियालेका स्थायी घर कर्णाली चिसापानी भए पनि कर्मथलो सुर्खेत बनाइ बिगत ७ वर्ष देखि शुभ होटेलमा कार्यरत दमन जंग शाह संगको कुराकानी छोटकरीमा।
तपाईको बाल्यपन र पढाईको बारेमा केहि भनिदिनुस न ?
बुवा केशव बहादुर शाह र मुवा सिता शाहको कोखबाट ई.स.१९९४ मा पथरैया-९, कैलालीमा जन्म भएको हो। कैलाली जिल्लाबाट एस।एल।सी पास आउट भएपछि उच्च शिक्षाका लागि देशकै राजधानी काठमाडौँ तिर लागे। माध्यमिक तहको शिक्षा पश्चात स्नातक गर्न भारतमा गए । पारिवारिक पृष्ठभूमि होटेल क्षेत्र रहेकोले मलाई पनि सानै देखि होटेल क्षेत्रले प्रेरित गर्यो । होटेल म्यानेजमेन्टमा स्नातक गरिसके पछि भने आफ्नो होटेल क्षेत्रको करियर सुरु गरें।
तपाईको होटेल क्षेत्रमा प्रवेश र अनुभव भनिदिनुस न ?
होटेल म्यानेजमेन्टमा स्नातक गरिसके पछि ब्याङ्गलोर, भारतमै आफ्नो करियर सुरु गर्न फ़ियोनिक्स ग्रुप ग्लोबल अन्तर्गत रहेको पाच तारे लक्जरी जुरी होटेलमा काम सुरु गरें। स्नातक पढ्दै गर्दा औद्योगिक प्रशिक्षणको क्रममा उक्त होटेलमा ट्रेनीङ्ग गरेको हुदा सो होटेलमा मेरो कामलाइ रुचाएर होटेल बेवास्थापनले राम्रो पारिश्रमिक र तहमा मलाई आफ्नो टिममा समेटेको थियो । म संग विभिन्न होटेल, लक्जरी रेस्टुरेन्ट र बारमा काम गरेको अनुभव छ । ई.स. २०१८ मा संचालनमा आएको होटेल शुभमा सोहि वर्ष प्रि ओपेनिङ्ग टिममा समाबेश भइ अप्रेसन म्यानेजर भइ काम गरें र हाल सम्म यही होटेलमा जेनेरल म्यानेजर भएर काम गरिरहेको छु ।येही होटेलमा काम गर्दा गर्दै स्नातकोत्तर सके ।
कर्णालीमा आएका पर्यटक र आगन्तुकको पहिलो रोजाईमा रहेको होटल शुभमा के–के सेवा सुविधा छन् ?
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आउने पर्यटक, आगान्तुक पाहुनाहरुले यस सुभ होटललाई प्राथमिकतामा राखी आइदिनु हुन्छ । हामीसँग अहिले ५१ वटा विभिन्न श्रेणीका कोठाहरु छन् । जसमध्ये तीनवटा स्वीट रुम बाँकी सुपर डिलक्स रुमहरु छन् । हामीले होटलमा आएका पाहुनाहरुलाई विमानस्थलसम्म निःशुल्क सवारीको व्यवस्था पनि गरेका छौँ । यसैगरी हामीले वनभोज, भोज, कार्यक्रमहरुमा स्वस्थ्य खाना खुवाई अलग अलग प्याकिङमा ‘डेलीभरी’ गरि सेवा दिइरहेका छौँ । मनोरञ्जनका लागी स्वीमीङ पुल र आनन्द दिनको लागी सुन्दर बगैचाहरु छन् ।
होटलको अहिलेको क्षमता कति हो ?
होटलको क्षमता भन्नुपर्दा कार्यक्रमको प्रकृति अनुसार हुन्छ ।कक्टेल पार्टी गर्दा १५ सय जनादेखि दुई हजार जनासम्म, सम्मेलन गर्दा चार पाँच सय जना जति अटाउन सक्ने क्षमता भएको हल छ । यस्तै खालका कार्यक्रम गर्दा कार्यक्रमको प्रकृति हेरेर छुट्टाएका छौँ । त्यसैगरी हामीसँग तीन वटा रेस्टुरेन्ट छन् । विवाह, ब्रतबन्ध, बैठकहरु गर्नका लागी पाँच वटा हलहरु छन् ।
होटलमा आउने धेरैजस्तो आगन्तुक कुन–कुन देशबाट आउने गर्छन् ?
विदेशी पाहुनामा सबैभन्दा बढि संयुक्त राज्य अमेरिकाबाट आउने गरेका छन् । त्यसैगरी फिनल्याण्ड, फ्रान्स, जर्मनि , भारत, जापान, चीन र यस्तै विभिन्न देशहरुबाट आउने गर्छन् ।
होटलले थप क्षेत्र विस्तार गर्ने योजना पनि बनाएको छ कि ?
बिदेशी र स्वदेशी पर्यटकहरुको आगमनमा वृद्धि भइरहेको हुँदा कोठाहरु र थप सुबिधा अपुग भएको महशुस भएको छ । यसको लागी येही बिरेन्द्रनगरको युनिटमा तत्कालै पन्ध्र वटा कोठाहरु थप्ने योजना छ र यस होटललाई विधिवत रुपमा मापदण्ड पुर्याई चार तारे होटलको रुपमा विस्तार गर्ने पनि तयारी भइरहेको छ।
होटलमा कति जनाले रोजगारी पाएका छन् ?
रोजगारीको कुरालाई जोड्नु पर्दा संचालन भएको वर्ष देखी नै सुर्खेत जिल्लामा सर्बाधिक रोजगार श्रीजना गर्ने प्राइवेट कम्पनिको रुपमा आफुलाई उभ्याएका छौँ । रोजगार श्रीजना गर्ने मात्र नभई श्रम ऐन अनुसार, शिप र अनुभव अनुसार कर्मचारीहरु प्रतिस्पर्धी तलबमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ८० जनालाई रोजगारी दिदैँ आएका छौँ ।
कर्णालीको आफ्नो ब्रान्ड शुभलाइ अरु जिल्ला र प्रदेशमा कहिले देख्न पाउने छन् ?
कर्णालीका जनताहरुले गरेको माया र स्नेह प्रति यस होटेल र ब्रान्ड निकै उत्तरदायी छ । पर्यटन क्षेत्रमा लगानी विस्तार गर्ने योजना छदा छदै बीचमा पिक समय भएको बेला महामारीले गर्दा लगानीको सुनिस्चितता नभएको कारण हाम्रो ब्रान्ड मात्र नभई कर्णाली मा पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक अन्य लगानीकर्ता हरुले विस्तारका योजना उचित समय कुरेको अवस्था छ ।हाम्रो ब्रान्ड शुभ पहिलो चरणमा कर्णालीका विभिन्न जिल्लाहरु दैलेख, कालिकोट, जुम्ला, मुगुमा विस्तार गर्न काम कार्य हरु भैरहेको छ । साथसाथै देशको अर्थतन्त्र सुध्रिड हुदै गएको खण्डमा देशका प्रमुख सहरमा आफ्नो युनिटहरु विस्तार गर्ने योजना रहेको छ ।
तपाईको अनुसार सफलताको सुत्र के हो ?
हेर्नुस, सफल हुन सर्बप्रथम त लगनसिल र इमान्दार हुन जरुरि छ, लगनसिल र इमान्दार हुनु भएन भने एकचोटी कसैले पत्याउला तर अर्को चोटी हजुर संग कसैले काम गर्दैन। कुनै पनि ब्रान्डलाइ सफल बनाउन त्यो ब्रान्ड संग सम्बन्धित टिमको ठुलो हात हुन्छ। लगनसिल र इमान्दार टिम छ भने न कसैको लगानी डुब्ने डर न आफ्नो व्यक्तित्व बिकाशमा कमि हुने , हैन र । अझ कर्मठ र जागरिलो युवा व्यवसायिक टिम र ब्यवस्थापक टिम भयो भने कुनै पनि संस्था सफल हुन्छ भन्ने विश्वास राख्दछु।
तपाईको व्यक्तिगत शौकहरु के के छन् ?
मलाई फिट हुन एकदम रुचि लाग्छ । आफुलाई समय मिले सम्म ब्यायाम गर्छु , फूटबल र अन्य खेलहरु खेल्छु। समय अनुसारको संगीत सुन्छु । विभिन्न पर्यटकीय र धार्मिक महत्व बोकेको ठाउहरु एक्सप्लोर गर्छु ।
अहिले विभिन्न शैक्षिकतह पढ्दै गरेका युवाहरुलाई के संदेश दिन चाहनु हुन्छ ?
सर्बप्रथम त आफु जे जस्तो पढ्दै हुनुहुन्छ तेस्लाई निरन्तरता दिनुहोस। आफ्नो पढाईलाइ करियर मुखी गराउनुहोस। विभिन्न शैक्षिकतह पढ्दै गर्दा कुलतमा फस्ने अनेकौ बहानाहरु आउन सक्छन , कुलतमा नफस्नुहोस । आफ्नो काम, परिवार र देशलाइ सम्झेर जे जहाँ गर्दै हुनुहुन्छ इमान्दार भइ निरन्तरता दिनुहोस एकदिन अवस्य आफ्नो लक्ष्य प्राप्त गर्नु हुने छ ।
-मध्यपहाड मिडियालाई आफ्नाे अमुल्य समय दिएर आफ्नाे अमुल्य भनाईहरु राखिदिनुभयकाेमा हार्दिक धन्यबाद ।