प्रेस चौतारीका कर्णाली सचिव शेरबहदुर थापा माओवादीमा प्रवेश
सुर्खेत । प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिका सचिव शेरबहदुर थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा भएको माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रममा थापालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले स्वागत गरेका हुन्।
