विद्यार्थी नेता बिष्ट प्रदेशसभा प्रत्येक्ष तर्फको उम्मेदवारमा सिफारिस
सुर्खेत । नेपाली कांग्रेसको विद्यार्थी राजनीतिक पृष्टभूमिबाट अघि बढेका ईश्वरबहादुर बिष्ट दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’को प्रत्येक्ष तर्फको उम्मेदवारका लागि सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले बिष्ट सहित १० जनाको नाम प्रत्येक्ष तर्फको उम्मेदवारकोलागि सिफारिस गरेको जानकारी दिएको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का बिष्ट सहित नेताहरु नारायण प्रसाद रेग्मी, कृष्ण प्रसाद जैसी, भुपेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, लिलाराम उपाध्याय, शेरबहादुर शाही, गणेशबहादुर शाही, सर्पराज शाही, वासुदेव शर्माको नाम पनि सिफारिस गरिएको छ ।
सिफारिस मध्यबाट सबैभन्दा बलियो उम्मेदवार बिष्टलाई हेरीएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दैलेखबाट केन्द्रीय प्रतिनिधि समेत निर्वाचित बिष्ट नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सह–महामन्त्री हुन् । राजनीतिलाई पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको बताउँदै आएका बिष्टले लामो राजनीतिक यात्रा पछि पार्टीबाट टिकटको लागि सहयोग गर्न अन्य उम्मेदवार, नेताहरुलाई अपिल समेत गरेका छन् ।
४३ बर्षिया बिष्ट विगत २७ वर्ष देखि नेपाली काँग्रेसको भातृ संस्था नेविसंघमा आवद्ध भई निरन्तर क्याम्पस स्तरको राजनिती ईकाइ सभापति ,स्ववियु सभापति पदको उम्मेदवार ,प्रजातान्त्रिक प्राध्यापक संघ–सुर्खेत क्याम्पस शिक्षाको सचिब, नेपाल बिध्यार्थी सघंको केन्द्रीय सह–महामन्त्री, नेपाली काँग्रेस दैलेखको जिल्ला कार्यसमितिमा १० बर्ष बिताइसकेका छन् ।
प्रदेश सभा ‘ख’ तर्फको समानुपातिकमा आठ जनाको नाम सिफारिस भएको छ । जसमा इन्द्रा कुमारी शाही, खड्कबहादुर शाही, चन्द्रबहादुर शाही, चक्रबहादुर शाही, दिपा बोहोरा, भगवती प्रसाद रेग्मी, प्रेम प्रकाश शाही र निशा थापा रहेका छन् ।
क्षेत्र नम्बर २ संघमा प्रत्यक्षतर्फ पाँच जनाको दाबी परेको छ । आठबिस नगरपालिकाका शिवराज जोशी, चाम्ण्डाबिन्द्रासैनी नगरपालिकाका दिक्पाल कुमार शाही, दुल्लु नगरपालिकाका मधुविक्रम खनाल, ठाँटिकाँध गाउँपालिकाका रंगबहादुर शाही र दुल्लु नगरपालिकाका एकेन्द्र बहादुर पन्त रहेका छन् । संघ तर्फ समानुपातिकमा महिलाबाट सिता कुमारी राना र अपांगबाट नरबहादुर खड्का सिफारिस भएका हुन ।
