१६ वर्षीय बालिकाको सामुहिक बलात्कार, तीन जना पक्राउ
सर्खेत। मुगु जिल्लामा एक १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । छायानाथरारा नगरपालिका -१३, लुमगाउँ नजिकै गमगढी वाम सडकखण्डमा भदौ २३ राति किशोरी सामूहिक बलात्कारमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित पक्षको उजुरीका आधारमा बलात्कार आरोप लगाइएका सोही नगरपालिका -४, का श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका- ३, रखु स्थायी घर भई हाल छायानाथरारा -१४, वाम गाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैसी र आन्दाजी १४ वर्षका बालक छन् । तीनै जना आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी नायव उपरीक्षक सुवास हमाल बताए ।
