पार्टीले टिकट दिन्छ भन्नेमा ९९ प्रतिशत ढुक्क छु : दिक्पाल शाही
सुर्खेत । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखको निर्वाचन क्षेत्र नम्बर २ नेपाली कांग्रेसको भागमा परेको छ। निर्वाचन क्षेत्र नम्बर १ भने कांग्रेस र एकीकृत समाजवादीले आफ्नो दाबी राखेकाले टुङ्गो लाग्न सकेको छैन्। यस क्षेत्रमा गठबन्धनका अन्यदलबाट दाबी नपरेपछि स्वत कांग्रेसको भागमा परेको हो।
यस क्षेत्रबाट आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस भएको छ। जसमा प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ दिक्पालकुमार शाही, शिवराज जोशी, रंगबहादुर शाही, योगेन्द्र पन्त र मधुविक्रम खनालको नाम सिफारिस भएको छ।
समानुपातिकतर्फ महिलाबाट सिताकुमारी राना र अपांगबाट नरबहादुर खड्काको नाम सिफारिस भएको छ।
‘पार्टीले टिकट दिन्छ भन्नेमा ९९.९९ प्रतिशत ढुक्क छु’
प्रतिनिधि सभामा प्रतयक्षतर्फ सिफारिस भएका दिक्पालकुमार शाहीले आफुले टिकट पाउँनेमा ढुक्क भएको बताएका छन्।
शाहीले आफुले पार्टीप्रति गरेको लगानी निरन्नतताका आधारमा टिकट पाउँनेमा विश्वस्त रहेको दाबी गरेका छन्।
हाल शाही लगायत नाम सिफारिस भएका नेताहरू टिकटका लागि यतीबेला काठमाडौँमा छन्। उनिहरुले टिकट पाउनका लागि शिर्षनेताहरूसँग लबिङ्ग गरिरहेका छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट संस्थापन पक्ष र संस्थापन इतर पक्षबाट पनि नेताहरूको नाम सिफारिसमा परेको छ ।
शाहीले २०७४ को निर्वाचनमा पनि नेकपा एमालेका राजबहादुर शाहीसँग झिनो मतान्तरले हार ब्यहोर्नु परेको थियो।
त्यसै कारण यस पटकको निर्वाचनमा पनि शाहीलेनै टिकट पाउँने नेताहरूले आकलन गरेका छन्।
‘मेरो नाम सिफारिस भएसँगै म काठमाडौँमै शिर्षनेताहरूसँग छु। अन्य नेताहरू मध्ये म बलियो नेता पनि हुँ।’ उनले भने। ‘टिकट पाउँने प्रवल सम्भावना भन्दा पनि ९९.९९ प्रतिशत ढुक्क छु। म प्रतिनिधि सभाको टिकट लिएर नै यहाँबाट फर्किन्छु।
दिक्पाल २०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका नेता राजबहादुर शाहीसँग दुई हजार नौ सय ७६ मतान्तरले हारेका थिए। शाहिले आठ हजार चार सय ६९ मत ल्याउँदा राजबहादुर शाहीले गठबन्धनतर्फबाट ११ हजार चार सय ४५ मतका प्राप्त गरेर विजयी भएका थिए।
उक्त निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए। गत निर्वाचनमा दैलेखमा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन थियो। अहिले नेकपा एमालेबाट निर्वाचन शाही कर्णाली प्रदेशका सभामुख रहेका छन्।
यस्तै, यस क्षेत्रमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। एमालेको गढको रुपमा रहेको दैलेख जिल्ला पार्टी विभाजनपछि स–साना असरहरु देखा पर्दैआएका छन्।
२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा अहिले अन्य दलले जित हात पारेका छन्। यस पटकको प्रतिनिसभा र प्रदेश सभा निर्वाचन गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।
एमालेको आधार इलाका दैलेखका २०७४ को निर्वाचनमा प्रदेश र प्रतिनिधि सभामा सबै उसैले जितेको थियो।
क्षेत्र नम्बर २ बाट विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विनोदकुमार शाह र राजबहादुर शाही उम्मेदवारमा सिफारिस भएका छन्। तर, एमालेका यि सिफारिस नाममा टिकट पाउँने सम्भावित नाम भने विष्णु रिजाल र राजबहादुर शाहीको रहेको छ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा दैलेख क्षेत्र नं २ मा एमाले काँग्रेस भन्दा थोरै मतले बलियो देखिन्छ। तर, गठबन्धनहुँदा एमालेको मत कम हुनेछ। जसमा नेकपा (एमाले) २१ हजार ७६, कांग्रेसले १९ हजार सात सय ८६, माओवादीले पाँच हजार सात सय ५५, नेकपा एकीकृत समाजवादीले आँठ सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन सय २१ प्राप्त गरेको छ।