दुल्लू नगरपालिका २० बर्षे भु–उपयोग योजना बनाउँदै
निरक शाही /दुल्लू
दैलेख । दुल्लू नगरपालिकामा २० बर्षे भु–उपयोग योजना बनाउन थालेको छ । विपद जोखिम व्यवस्थापन र न्यूनिकरणका लागि नगरपालिकाले २० बर्षे भु–उपयोग योजनालाई अगाडी बढाएको हो ।
भु–उपयोग नीतिले नगरपालिकाका १३ वटै वडामा बसोबास गरिरहेका नागरिकको भुमि बस्न लायक योग्य छ की छैन भनेर तथ्यांक संकलन गर्ने छ । योग्य जमिनमा मात्र विकास निर्माणका भौतिक संरचना,शहरीकरण लागि सिफारिस गर्नेछ ।
नगरपालिकाले नागरिकलाई संवेदशिल क्षेत्रमा घर निर्माण रोग लगाउने छ । दिगो विकास,व्यवस्थित शहरीकरण जोखिम न्यूनिकरण गर्नका लागि भु उपयोग योजना तयार पारिएको दुल्लूनगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए । उनले भने,यो योजनाबाट नगरपालिकाका बासिन्दा म सुरक्षित छु भन्ने महसुस गर्नेछ । एकिकृत बस्ती गरेर नागरिकलाई जोखिमबाट मुक्त बनाउनको लागि यो योजना ल्याएको हो । नयाँ वस्ती र नमुना वस्ती निर्माणको लागि भु–उपयोग निती आवश्यक भएकोले नीति तयार गर्न र आय बुद्धि हुनेका खालका योजनालाई छनौट गर्न आग्रह गरे ।
परियोजनाले सम्झौता भएको १ महिना भित्रै कार्यक्रमलाई अगाडी बढाएको दुल्लूनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणीले नेपालले बताए । दिगो विकास र दुल्लू नागरिकको आर्यआर्जनका लागि जोडिएकोले यो योजना प्रभावकारी हुन्छ । जमिनको उपयोग हेरेर शहरीकरण गर्ने भएकोले दिगो विकासमा समेत टेवा पु¥याउनेछ । नागरिकले म मेरो परिवार,बस्ती र शहरका साथै संरचना समेत सुरक्षित भएको महसुस गर्नेछन्,उनले भने ।
बहुप्रकोप जोखिम आँकलन एवं मुल्याङ्कन गरी त्यसको नतिजाको आधारमा शहरीकरण गरिनेछ । वाढी,पहिरो, आगलागी र भुकम्पिय प्रकोपको विश्लेषण, आर्थिक तथा मानविय क्षेत्रमा पार्ने प्रभावको आधारमा जोखिम संवेदनशील भु–उपयोग योजना तयारी लागि सरोकारवालासंग सोमवार छलफल गरिएको हो । २० बर्षे भु उपोग योजनाले नगरपालिकाको जोखिम संवेदनशील प्रोफाइल ,२० वर्षे भु–उपयोग योजना , भु–उपयोग निती, भु–उपयोग योजना तथा भवन मापदण्ड, भु–उपयोग योजना तयार पार्न लागेको हो ।
कानुन तथा नीती अन्र्तगत रहेर संस्थागत संरचनाको खाका निर्माण गरिने तयार नेपालका टिम लिडर डा. सञ्जय उप्रेतील जानकारी दिए । भु–उपयोग योजना तयार गर्नका लागि युएसएआइडी गतिविधी तयार नेपालले गरेको प्रयास र कार्यक्रमको विपद जोखिम न्युनीकरण ब्यवस्थापन लागि कार्यक्रम शुरु गरिएको विज्ञ चन्द्रा हाडाले बताए ।
कार्यक्रमा बहु प्रकोप जोखिम आँकलन तथा मुल्याङ्कन गरी त्यसको नतिजाको आधारमा शहरीकरणको विश्लेषण गरी दुल्लू नगरपालिकाको भु–उपयोग योजना तयार गरिने तयार नेपालका टिम लिडर डा. सञ्जय उप्रेतीले वताए । वाढी,पहिरो, आगलागी एवं भुकम्पिय प्रकोपको विश्लेषण गरि , आर्थिक तथा मानविय क्षेत्रमा पार्ने प्रभावको आधारमा भु–उपयोग योजना तयार गरिनेछ उनले भने ।
गएको सोमबार दुल्लू नगरपालिकासंग दुल्लू नगरपालिकाको आयोजना र युएसएआइडी तयार नेपालको –विपद जोखिम ब्यवस्थापन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जोखिम संवेदनशील भु–उपयोग योजना सम्वन्धी सरोकारवाला विच छलफल भएको थियो । कार्यक्रममा दुल्लूनगरपालिका नगर प्रमुख घनश्याम भण्डारी,उपप्रमुख विष्णु थापा, प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल , नेकपा एमालेका प्रतिनिधी रुद्र शाही , नेपाली काँग्रेसका नगर सभापती टंक रिमाल , नेमकिपाका नगर अध्यक्ष मदन भण्डारी,राप्रपाका नगर अयक्ष लोकेन्द्र गिरी लगायतले गोष्ठीमा सहभागिता रहेको थियो ।
