हामी पुस्तक कहिले पाउँछौं, सरकार ।
दैलेख । नेपाल सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । माध्यामिक तहसम्म निशुल्क र अनिवार्य भनेपनि शैक्षिक सत्र शुरु भएको ५ महिना वितिसक्दा पनि दैलेखका अधिकाँश विद्यालयमा पाठयपुस्तक पुगेकै छैन । पाठयपुस्तक नहुँदा विद्यार्थीले नपढेर परिक्षा दिन बाध्य छन् ।

चुनावताका समयमा मतपेटिका मतदान केन्द्रमा पु¥याउने सरकारले समयमै विद्यालयम पाठयपुस्तक उपलब्ध गराउन नसक्नु भविष्यका कर्णधार मानिने बालबालिकाको अधिकार माथि कुठाराघात गरेको छ भने अर्कातिर बालबालिका लागि सरकार छैन भन्नु सत्य हुन्छ ।
दैलेखका ११ वटै स्थानीय तहका आधारभुत एवं माध्यामिक तहका विद्यार्थी सँग किताब छैनन् किताब भएका विद्यालयमा अधुरा मात्र छन् । दैलेख ठाटीकाँध गाउँपालिका ३ का कृष्ण आधारभुतका छात्र पदम दशौदीले भने,“हामीले अघिल्लो बर्ष पनि किताब नपाएरै परिक्षा दियौं । विज्ञान विषय पढाउने शिक्षक थिएनन् । पास त भयौं । गुणस्तर शिक्षा पाएका छौं । नपढेर पास हुने हामी हौं । आज हामी पास भए पनि भोलिका दिन हाम्रो जिन्दगी फेल हुन्छ की भन्ने चिन्ता लागेको छ ।”
उनी मात्र होइनन् दुल्लू नगरपालिका रहेको विजया उमाविका विद्यार्थीको समस्या पनि दशौदी भन्दा फरक छैन । पहिलो चरणको त्रैमासिक परिक्षा सम्म पाठयपुस्तक नआउँदा शिक्षकले भनेकै भरमा विद्यार्थीले परिक्षा दिईरहेका छौं । किताब नपाउँदा फोटोकपी गरेर पढीरहेको छु । म संग नेपाली र सामाजिककिताब छैन, कहिले साथीको लिएर पढ्छु , केही दिन अगाडी साथीको किताबबाट चार वटा पाठको फोटोकपि गरेर पढिरहेको छु सरोज भण्डारीले दुखेसो पोेखे ।
दुल्लू भानेश्वर माविका विद्यार्थी सँग पनि किताब पाएका छैनन् । भानेश्वर माविका १५ जना सँग किताब छैन । विद्यालयमा साथीको किताब पढे पनि घरमा त्यो विषय पढन पाउदैन । जिल्लामा अधिकाँश विद्यालयमा कतै सामाजिक, अंग्रेजी,विज्ञान र शिक्षा किताबको अपुग रहेको छ छात्र मनोज थापाले जानकारी दिए ।उनले प्र्रश्न गरे,गाउँमै सिंहदरबार त आए । तर किताब आएनन् । स्थानीय सरकारले छिटो छिटो किताब ल्याउन पहल गरोस । हामीले गाउँमा सिंहदरबार आएको अनुभव लिन पाऊ ।
दुल्लू नगरपालिका जिल्लाका स्थानीयत हहरुले विद्यालयलाई पाठ्यपुस्तक व्यवस्थापन र खरिदकालागी बजेट विद्यालयको खातामा पठाई सकेको जनाएको छ । विद्यालयको खाताबाट रकम पनि खर्च भइसकेको देखिएको छ । रकम खर्च भएपनि विद्यार्थीको हातमा पुस्तक पुगेको छैन ।
पाठ्यपुस्तक परिमार्जन भएर पुस्तक खरिद गर्न नसक्नुले विद्यार्थीले अपुरा पुस्तक पाउनु परेको दुल्लू नगरपालिका शिक्षा शाखा प्रमुख विकासजंग शाहीको भनाई छ ।उनले भने, चुनावका कारणले गर्दा विद्यार्थीले समयमै किताब पाउन नसकेका हुन् ।
जिल्लाको समग्र शैक्षिक क्षेत्रको जिम्मेवारी लिएको शिक्षा समन्वय इकाई दैलेख सँग गतिलो जवाफ छैन । शिक्षाविकास तथा समन्वय इकाई कार्यालय सहायक रतन बिष्ट पाठयपुस्तक लागि निरन्तर दबाव दिएको भन्दै जनक शिक्षा सामाग्री लिमिटेडले चुनावको कारण देखाउँदै पुस्तक छाप्न ढिलाई भएको जानकारी दिए । पाठ्यपुस्तको लागि अनुदानको रकम निकासा भईसकेको छ । व्यापारीले पुस्तक ल्याउन नसक्दा विदार्थीलाई समस्या परेको बताए । दशै सम्म विद्यार्थीले सबै किताब पाईसक्छन उनले भने ।
“ विद्यालयमा पाठ्यपुस्तकको अभाव जिल्लाका सबै विद्यालयमा छ । गत बैशाख ३० मा भएको स्थानीय चुनावको मतपत्र छपाईको कारण पाठ्यपुस्तक छपाईमा ढिलाई भएको हो । सरकारी स्तरबाट र हाम्रो स्तरबाट यो समस्याको समाधानको लागी पहल भइरहेको छ विष्टले थपे ।”
शैक्षिक सत्र शुरु भएको ५ महिना वितिसक्दा पनि विद्यार्थीले पुस्तक नपाउनु विडम्बना हो । बालबालिका शान्तीका क्षेत्र हुन भन्ने सरकारी यो नाराले सरकारलाई कम्ता गिज्याएको छैन । पुस्तक अभावले सुनेकै भरमा परिक्षामा दिने विद्यार्थीलाई मानसिक यातना कति भएको होला । बालबालिकामा सरकारको खेलवाडले गर्दा सुनौलो भविष्य बोकेका भविष्यका कर्णधार विद्यार्थीको भविष्य औसीको रात जस्तै अन्धकारतिर धकेलिएको प्रति सरोकार निकायको ध्यान जान जरुरी छ ।
