पहिरो पिडितलाई गाउपालिकाको पाँच लाख २५ हजार सहयोग
अछाम । गत भदौ ३१ गते राती पहिरोमा परी ज्यान गुमाएकाका अछाम तुर्माखाँद गाउँपालिका वडानं ५ का आफन्तलाई अछाम तुर्माखाँद गाउँपालिकाले राहत रकम प्रदान गरेको छ ।
पहिरो पीडितलाई गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले पहिरोग्रस्त क्षेत्र वडा नम्बर ५ को काडाचौर पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाले पहिरोमा परेर ज्यान गुमाएका ९ जनाका परिवारलाई प्रतिपरिवार ५० हजारका दरले रकम उपलब्ध गराएको हो । किरिया खर्च स्वरूप २५ हजारका दरले गरी पाँच लाख २५ हजार रुपैयाँ स्थानीय सरकारका तर्फबाट सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष बिसीले टेलिफोनबाट जानकारी दिए ।
पहिरोमा परी तुर्माखाँद ५ का दुईवटा घर पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । अन्य १० वटा घरहरू पहिरोको उच्च जोखिममा रहेकाले बस्ती नै सार्नुपर्ने अवस्था छ ।
अध्यक्ष बिसीले बाढी पहिरो पिडितको सहयोगका लागि प्रदेश सरकार, संघ सरकार र गैरसरकारी संघसंस्था सँग सहयोगको लागि अनुरोध गरेका छन ।
गत भदौं ३१ मा पहिरोमा परि ज्यान गुमाएका आफन्तलाई रकम हस्तान्तरण गर्दै अछाम तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विसी ।