बदलियो विद्यालय,विद्यार्थीले पाए सुविस्ता
दैलेख । विद्यार्थी स्कुल जान डराउँथे । पढन जान लाग्दा अनुहार निन्याउरो देखिन्थ्यो । विद्यार्थी शिक्षा सिक्न होइन,यातना खेप्न जाँदैछु झै लाग्थ्यो । चुहिने छानाले कक्षा कोठा ओभाना थिएनन् । चर्किएको भित्ता हेर्दा सजिलै अडकल गर्न सकिन्थ्यो । विद्यालय युद्ध गरिएको साँची घर झै देखिन्थ्यो । स्कुल हाता भित्र छरफस्ट कागज र फोहोरको थु्रपो देखिन्थ्यो ।
स्कुलको आँगन फोहोर फाल्ने ल्याण्डफिल्ड साईड होकी झै लाग्थ्यो । पानीको अभावले शौच गर्न विद्यार्थी जंगल धाउनुपर्ने बाध्यता थियो । त्यही जीर्ण विद्यालयबाट शिक्षक विद्यार्थीका भविष्य उज्ज्वल बनाउने रेखा कोर्दै थिए । यो कथा दैलेखको गुराँस गाउँपालिका –७ को लक्ष्मी आधारभुत विद्यालयको हो ।
तीन बर्ष अघि लक्ष्मी आधारभुत स्कुलको कथा आजभोली गाउँखाने कथा झै लाग्ने गरेको छ । विद्यालय भौतिक संरचना बदलिएको छ । पानी विहिन विद्यालयमा २४ सै घण्टा पानी बग्ने गरको छ । बालमैत्री धारा निर्माण गरिएको छ । विद्यालयका भित्ताहरु पलास्टर छन् । भूईमा बालमैत्री बसाई व्यवस्थापनका लागि पिफर्म, कार्पेटको व्यवस्था छ ।
प्लास्टर गरिएको भित्तामा नेपालका राष्ट्रिय जनावर गाई, चरा, रङ्ग, निशाना छाप, बालबालिका र अभिभावकका आचार संहिताहरुले भित्ता रङ्गाईएको छ ।

सिकाईलाई कक्षा कोठामा सिमित नराखी दिवा खाजाका बेला विद्यार्थीले सिकुन भनेर कक्षा कोठा बाहिर सन्देशमुलक भनाई चित्रहरुले भित्ताहरु रंगाईएको छ । विद्यालयबाटै बालविवाह विरुद्ध विद्यार्थीको सिकाई होस भनेर “उमेर नपुगी गरिने विवाह सामाजिक अपराध हो”, “सुःखी जीवन र भविष्यको विकल्प बाल विवाह होईन बरु यो अवरोध हो” भन्ने जस्ता बालविवाह विरुद्धका नाराहरु लेखिएको छन् ।
विद्यालयको प्रवेशद्धारमै अभिभावक ज्यू नमस्कार, कता हिडनु भयो, विद्यालय प्रवेश गरी छोरा छोरीको पढाईबारे छलफल गर्ने कि भनेर बोर्डमा लेखिएको छ । बोर्डमा लेखिएकै कुरा हेरी धेरै जसो अभिभावक आफुना बालबालिकाको पढाई बारे जान्न विद्यालय आउने गरेको प्राधनाध्यापक लालबहादुर विसीले जानकारी दिए ।

बोर्ड गर्दा अभिभावकको विद्यालयप्रति उतरदायित्व बढेको छ विद्यार्थी सँगै अभिभावले पनि विद्यालयबाट ज्ञान लिएका छन् । विद्यालय राम्रो बनाउन अभिभावकको जिम्मेवारी पनि उत्तिकै हुन्छ । अभिभावक विद्यार्थी संख्यामा बृद्धि भएको छ उनले थपे । “हाम्रो विद्यालय राम्रो बनाउन लागि वडा अध्यक्ष हुकुम खत्री स्रोत संकलनमा सहयोग विद्यालयमा परिवर्तनमा सजिलो भएको हो । ”
वडाभित्रका सबै विद्यालयलाई हाम्रा विद्यालयलाई राम्रा बनाउन सकिन्छ भनेर आफु लागि परेको वडाअध्यक्ष खत्रीले बताए । उनले भने, ‘म कार्यकाल अवधिमै वडाका सबै विद्यालयलाई नमुना विद्यालय बनाउन लागि परेको छ ।’
विद्यालयमा विद्याथर्थी संख्या १०६ रहेको छ । छात्र ५७,छात्रा ४१ छन् । आठ जना शिक्षक रहेको मध्ये २ जना दरवन्दी,१ जना निजीश्रोत,२ जना गाउँपालिका र १ जना राहत,१ जना बालविकास केन्द्रमा अध्यायपन गराईरहेको अभिभावक शेरबहादुर विसीले बताए ।
उनले भने, गतबर्ष सोसेक नेपालको दोस्रो परियोजनाबाट ४ लाख ७० हजारमा बालविकासको मर्मत गरियो । अझै पनि विद्यालयमा भवनको अभाव छ । कतैबाट सहयोगको अपेक्षा गरेका छौं । सोही विद्यालयकी छात्रा चन्द्रमा केसी भने,पहिले भन्दा अहिले केही सुविस्ता भएको बताईन । पहिले हामीलाई पानी पाउदैनौं थियो । अब केही सुविस्ता भएको छ,उनले भनिन् ।
गुराँस गाउँपालिकाका अधिकाँश विद्यालयहरुमा बालमैत्री बसाई व्यवस्थापन भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बि.सि. ले बताए । अधिकाँस विद्यालयको बसाई व्यवस्थापन र भौतिक संरचना राम्रा र बालमैत्री छन् । अव शिक्षाको गुणस्तर सुधार गर्न सबै लागि पर्नुपर्ने उनको भनाई थियो ।
